काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको तथा सञ्चारमाध्यममा पत्रकारको श्रम अधिकार उल्लंघन भएको भन्दै आन्दोलन घोषणा गरेको हो ।
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको आन्दोलनका कार्यक्रमअनुसार २ मंसिरमा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । ५ मंसिरमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम छ ।
त्यस्तै, ५ र ६ मंसिरमा शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा ७ मंसिरमा सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने महासंघले जनाएको छ । ९ मंसिरमा भने सबै जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने कार्यक्रम तय गरिएको छ ।
महासंघले सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याउनेमाथि कारबाही नभएको, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको र श्रम अधिकार उल्लंघन भइरहेको आरोप लगाएको छ ।
त्यस्तै, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासंघले सरकारको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार रहेको निष्कर्ष निकालेको छ ।
सम्बन्धित समाचार
सहिदकी छोरीको जन्मदिनमा घरमै पुग्यो गोल्याण फाउण्डेशन
भीमफेदी इभी दुर्घटना अपडेट: एकै परिवारका छसहित १४ जनाको मृत्यु
कोप–३१ मा नेपालको ‘असंगठित लर्को’
कोप-३१ मा मन्त्री चौधरीले शेर्पा पहिरन लगाएको तरिकाप्रति आपत्ति
कोपमा कमजोर कूटनीतिः सरकारी टोलीदेखि विज्ञसम्म आफ्नै स्वार्थमा
दानबहादुर कार्कीको रिटको पेसी बुधबारलाई तोकियो
विवाह गर्ने उमेर १८ वर्ष कायम गर्न सुझाव
अमेरिकास्थित नेपाली गणितज्ञहरूको संस्थाद्वारा १५ विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसम्म छात्रवृत्ति दिने






