नेपालमै पहिलो व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्ने तयारी

काठमाडौं । संस्कार एकेडेमीले नेपालमै पहिलो पटक लेचर एन्टेना, आभा स्क्यानर र वास्तु गुरुको व्यावहारिक कार्यशाला सञ्चालन गर्ने भएको छ। एकेडेमीले नेपालमै विकास गरिएको व्यावसायिक वास्तु सफ्टवेयर ‘संस्कार वास्तु सफ्टवेयर’ समेत सार्वजनिक गर्ने तयारी गरेको छ।

एकेडेमीका अनुसार आगामी मंसिर ४, ५ र ६ गते काठमाडौंको बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा तीनदिने आवासीय वास्तु गुरु कार्यकारी पाठ्यक्रम सञ्चालन हुनेछ। सोही अवसरमा मंसिर ४ गते संस्कार वास्तु सफ्टवेयरको औपचारिक शुभारम्भ गरिनेछ।

संस्कार एकेडेमीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आचार्य राजाबाबु शाहको नेतृत्वमा सञ्चालन हुन लागेको कार्यक्रममा आवासीय, व्यावसायिक तथा औद्योगिक वास्तुसम्बन्धी उन्नत विषयमा प्रशिक्षण दिइनेछ।

प्रशिक्षणमा भवनको दिशागत विश्लेषण, वास्तुसम्बन्धी समस्या पहिचान तथा व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्ने तरिका’bout सहभागीलाई जानकारी दिइने एकेडेमीले जनाएको छ।

त्यसैगरी, लेचर एन्टेना र आभा स्क्यानरको सञ्चालन तथा प्रयोग विधि’bout व्यावहारिक अभ्यास गराइनेछ। यी उपकरणमार्फत परम्परागत ऊर्जा मूल्यांकन गर्ने विधि’bout समेत प्रशिक्षण दिइने संस्थाको भनाइ छ।

एकेडेमीले सार्वजनिक गर्न लागेको ‘संस्कार वास्तु सफ्टवेयर’मा भवनका १६ दिशागत क्षेत्र, ३२ प्रवेशद्वार र ४५ वास्तु देवता ऊर्जा क्षेत्रको विश्लेषण गर्न सकिने सुविधा रहेको जनाइएको छ।

सफ्टवेयरमा मर्मस्थान विश्लेषण, दिशागत तथा देवता शक्तिको मूल्यांकन, ऊर्जा स्तम्भचित्र, भवनको नक्साको विस्तृत विश्लेषण र व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्ने सुविधा पनि समावेश गरिएको छ।

यो सफ्टवेयर वास्तु परामर्शदाता, वास्तुविद्, आन्तरिक सजावट विशेषज्ञ, विद्यार्थी तथा वास्तु अध्ययन र परामर्शमा संलग्न व्यक्तिहरूका लागि उपयोगी हुने एकेडेमीको अपेक्षा छ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत तथा मुख्य प्रशिक्षक आचार्य शाहले नेपाली वास्तु परामर्शदातालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।

उनका अनुसार व्यावसायिक शिक्षा, व्यावहारिक प्रशिक्षण, आधुनिक उपकरण र आफ्नै सफ्टवेयरको विकासमार्फत नेपाली वास्तु क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने प्रयास भइरहेको छ।

संस्कार एकेडेमीले वास्तु तथा अंकज्योतिषसम्बन्धी व्यावसायिक शिक्षा प्रदान गर्दै आएको जनाएको छ। दक्ष परामर्शदाता उत्पादन गर्नुका साथै नेपाललाई यस क्षेत्रको व्यावसायिक शिक्षा र प्रविधि विकासको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्य संस्थाले राखेको छ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालमै पहिलो व्यावसायिक वास्तु सफ्टवेयर सार्वजनिक गर्ने तयारी