काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।
शुक्रबार प्रतितोला २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ११ सय रुपैयाँले बढे २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला २५८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
तपाइको प्रतिक्रिया
(Visited 361 times, 1 visits today)






