थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५ पुग्यो

विराटनगर । आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको हो ।

प्रदेश १ को विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । नयाँ संक्रमितमा विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी धनकुटामा ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएकोछ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । यसैबीच तीन संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव