जनमत मधेस प्रदेशमा गलफत्ती : महेशप्रसादलाई हटाएर चन्दनकुमार सिंह चुनिए संसदीय दलको नेता

काठमाडौं । डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशसभामा आफ्नो संसदीय दलको नेता परिवर्तन गरेको छ । पार्टीका राष्ट्रिय अध्यक्ष राउतले मधेस प्रदेशमा संसदीय दलका नेता महेशप्रसाद यादवलाई हटाएर चन्दनकुमार सिंहलाई दलको नेता चयन गरेका हुन् ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिले मंगलबार एक पत्र जारी गर्दै आजैको मितिदेखि लागू हुने गरी सिंहलाई नयाँ जिम्मेवारी सुम्पिएको जनाएको छ । नयाँ चयन गरिएका नेता सिंह जनमत पार्टीका केन्द्रीय सचिवसमेत हुन् ।

‘उपरोक्त सम्बन्धमा आजैको मितिदेखि लागू हुने गरी जनमत पार्टी मधेस प्रदेश संसदीय दलको नेताको रूपमा चन्दनकुमार सिंहलाई तोकी जिम्मेवारी हेरफेर गरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ अध्यक्ष राउतले जारी गरेको पत्रमा भनिएको छ ।

पार्टीले यस निर्णयको जानकारी मधेस प्रदेशसभा सचिवालय र जनमत पार्टी मधेस प्रदेश संसदीय दललाई समेत गराइसकेको छ ।
सोमबार नै जनमतले सरकारबाट फिर्ता हुने निर्णय गरेको थियो । तर यसमा यादवले असहयोग गरेपछि नयाँ नेता चयन गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

विकासमा डोजरको विकल्प खोज्दै प्रदेश सरकार