एभोकाडो महिमा

नेपालमा भूबनोटका कारण खाद्यान्न, नगदेबाली, सागसब्जी, फलफूललगायत खेती प्रचुर मात्रामा गर्न सकिन्छ । तर, विगतमा फलफूल खेती ओझेलमा परेकाले यसबाट हालसम्म पनि मागअनुरूप उत्पादन गर्न नसकिएकाले विदेशकै भर पर्नुपरेको छ । फलफूलको माग दिनदिनै बढेकाले आयात तीव्र बढिरहेको छ । फलतः फलफूल आयातका लागि प्रत्येक वर्ष झन्डै २० अर्ब रुपैयाँ बाहिरिन्छ ।

विभिन्न ठाउँमा हावापानी सुहाउँदो फलफूल खेती गर्नसके किसानको आयआर्जन मात्र वृद्धि नभई कुल गार्हस्थ्य उत्पादनमा समेत केही योगदान पुग्नसक्छ । यसै सन्दर्भमा एभोकाडो खेतीले पनि महŒवपूर्ण भूमिका खेल्नसक्छ । एभोकाडो एक उष्ण प्रदेशीय फल हो । यसको वैज्ञानिक नाम ‘पेर्से अमेरिकाना’ हो ।

यो मध्य–अमेरिका र मेक्सिकोमा उत्पत्ति भएको मानिन्छ । एभोकाडो खेती ५ सयदेखि १ हजार ७ सय मिटरसम्मको उचाइमा उष्णा र समशीतोष्णा हावापानी भएको ठाउँमा गर्न सकिन्छ । यसको खेती खासगरी तुषारो नपर्ने र धेरै हावा नचल्ने ठाउँमा गर्न उपयुक्त हुन्छ । यसको एक बोटबाट अर्को बोटको दूरी आठ मिटर भएमा बढी फाइदा लिन सकिन्छ ।

एभोकाडो धेरै जातका हुन्छन् तर यसभित्र एउटा मात्र बियाँ हुन्छ, जसबाट बेर्ना उत्पादन गर्न सकिन्छ । यस्तो बेर्नाबाट हुर्काइएको बोटबाट धेरै वर्षसम्म निरन्तर फल प्राप्त गर्न सकिन्छ । एभोकाडो धेरै जातका हुनाले सानाठूला हुन्छन् । यसको फल जातअनुसार लाम्चो र गोलाकार हुन्छ भने रङ पनि जातअनुसार गाढा हरियो, हलका वैजनी र गाढा वैजनी हुन्छ । एभोकाडोमा प्रशस्त मात्रमा लाभदायक फ्याट र कार्बोहाइडे«ट पाइन्छ । यसमा विभिन्न किसिमका स्वास्थ्यबर्धक तŒव पाइने विकसित देशमा गरिएको अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ ।

साधारणतया सय ग्राम एभोकाडोमा शक्ति (२४५ क्यालोरी), प्रोटिन (१.७ ग्राम), कार्बोहाइड्रेट (५.५१ ग्राम), चिल्लो पदार्थ (१.८ ग्राम), रेशा (५.१ ग्राम), भिटामिन ‘ए’ (०.१७ ग्राम), भिटामिन बी३ (१ मिलिग्राम), भिटामिन बी२ (०.१३ ग्राम), भिटामिन ‘सी’ (१६ ग्राम), क्याल्सियम (१० मिलिग्राम), क्लोरिन (११ मिलिग्राम), तामा (०.४५ ग्राम), आइरन (०.६ मिलिग्राम), म्याग्नेसियम (३५ मिलिग्राम), म्याङ्गानिज (४.७१ मिलिग्राम), सल्फर (२८.५ मिलिग्राम) र सोडियम (०.६ मिलिग्राम) पाइन्छ । कुनै पनि व्यक्तिको सुस्वास्थ्यका लागि यी तŒव नितान्त आवश्यक हुन्छ ।

एभोकाडोमा प्रशस्त मात्रमा फाइबर पाइन्छ । यसकारण यसको नियमित सेवन गर्नाले कुनै पनि व्यक्तिको तौल नियन्त्रण हुनुका साथै रगतमा चिनीको मात्रा घटी मधुमेह रोगबाट बचाउँछ । यसमा पोटासियम पाइने हुनाले यसको नियमित सेवनबाट कुनै पनि व्यक्तिको रक्तचाप नियन्त्रण भई मुटुरोग तथा मिर्गौला रोगबाट बचाउँछ । उष्णदेखि समशीतोष्णा हावापानी भएका ठाउँमा एभोकाडो खेती गरी धेरै आयआर्जनसमेत गर्न सकिन्छ । त्यसैले आजकाल यसको खेती अर्जेन्टिना, ब्राजिल, अफ्रिका, दक्षिण अफ्रिका, अस्टे«लिया, इजरायल, इन्डोनेसिया, फिलिपिन्स, पेरू आदि देशमा पनि गर्न थालिएको छ । यसबाहेक एसिया महाद्वीपमा पनि यसको खेती विस्तार थालिएको छ ।

नेपालमा विविध धरातलीय अवस्था र हावापानी विद्यमान भएकाले एभोकाडो खेती गर्न उपयुक्त मानिन्छ । वास्तवमा तराईदेखि खोंच र बेंसी हुँदै मध्यपहाडमा यस फलको खेती गर्न सकिन्छ । भविष्यमा विभिन्न जिल्लामा यस फलको व्यावसायिक खेती गर्नसके निःसन्देह पनि किसानको आयआर्जन मात्र वृद्धि नभई अर्थतन्त्रमा समेत योगदान पुग्नेछ । यसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ ।

एभोकाडाको बिरुवा रोपेको ६ वर्षभित्र फल प्राप्त हुन्छ । यसले सरदर ५० वर्षसम्म निरन्तर फल दिन्छ । त्यसैले, यो प्रत्येक व्यक्ति वा परिवारका लागि धेरै वर्षसम्म आयआर्जनका लागि भरपर्दो स्रोत हुनेछ । एभोकाडो विभिन्न जातका हुन्छन् । साधारणतया यसको फल जातअनुसार असोजदेखि फागुनसम्म फल्न सुरु हुन्छ । एक बोट एभोकाडोबाट ३० देखि सय केजीसम्म फल प्राप्त गर्न सकिन्छ ।

एभोकाडोमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यसकारण यसको नियमित सेवन गर्नाले कुनै पनि व्यक्तिको तौल नियन्त्रण हुनुका साथै रगतमा चिनीको मात्रा घटी मधुमेह रोगबाट बचाउँछ । यसमा पोटासियम पनि पाइने हुनाले यसको नियमित सेवनले रक्तचाप नियन्त्रण भई मुटुरोग तथा मिर्गौला रोगबाट बचाउँछ

एभोकाडोको बोट हेर्दा आकर्षक हुन्छ । यो हरियो र ठूलो पात भएको हुन्छ । यसको फल साधारणतया हरियो र ठूलो आकारको हुन्छ । जुन प्रत्येक व्यक्तिको लागि आकर्षक देखिन्छ । मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक विकासको जे–जति महŒव छ, त्यसभन्दा बढी वातावरणको छ । ’cause यसको संरक्षणबाट भूमि, वनस्पति, पशुपंक्षी र अन्य प्राकृतिक चीज संरक्षण भई सम्पूर्ण मानवजातिको कल्याण हुन्छ । तर, आजसम्म पनि धेरै व्यक्तिले यसको महŒव बुझेका छैनन् । फलतः विश्वभर नै यसको विनाश तीव्र रूपले बढिरहेको छ र नेपाल पनि यसबाट अछूतो रहन सकेको छैन ।

केही वर्षयता वातावरण विनाश तीव्र रूपले बढिरहेको छ । एकातर्फ वनजंगल विनाश भइरहेको छ भने अर्कोतर्फ सिमसार क्षेत्र, वनस्पति र वन्यजन्तुहरू संकट अवस्थामा छन् । यसबाहेक कृषिमा नकारात्मक प्रभाव परेको छ भने बाढीपहिरोको भय बढेको छ ।

एभोकाडोले वातारणलाई स्वच्छ पार्छ । यसको बोट ठूलो हुन्छ । तर यसको जरा जमिनमुनि धेरै तलसम्म नफैलिने हुँदा हावाहुरीबाट ढल्ने सम्भावना धेरै हुन्छ । तसर्थ, यसको सफल खेतीका लागि सतर्क हुन आवश्यक छ । कुनै पनि व्यक्तिको सुस्वास्थ्यका लागि आवश्यक फ्याट र कार्बोहाइडे«ट एभोकाडोमा पाइन्छ । यसमा कोलेस्ट्रोल नहुनाले प्रत्येक व्यक्तिका लागि लाभदायक मानिन्छ ।

सरकारले साढे तीन दशकदेखि कुपोषण न्यूनीकरण प्रयास गर्दै आएको छ । तर, औपचारिकतामा सीमित कार्यक्रमले कुपोषणको बहुआयामिक स्वरूप समेट्न सकेका छैनन् । नेपालमा कुपोषणलाई अझसम्म पनि स्वास्थ्यको दृष्टिकोणबाट मात्र हेरिन्छ । तर, यसले प्रत्येक व्यक्तिको आर्थिक एवं मानसिक विकासलाई पनि असर पार्छ । यसबाहेक त्यसले दक्ष जनशक्ति उत्पादन र कुल गार्हस्थ्य उत्पादनमा पनि निकै असर पार्छ ।

नेपाल सरकारले २०६९ सालदेखि बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल ‘बहुक्षेत्रीय पोषण योजना तेस्रो’ कार्यान्वयनमा छ । तर, सो योजना कार्यान्वयनका लागि विषयगत मन्त्रालयको बजेट खर्च गर्ने प्रावधान भएकाले सोचेजस्तो प्रभावकारी हुन सकेको छैन ।

हालसम्म पनि सरकारले पौष्टिक कार्यक्रम सञ्चालनका लागि छुट्टै बजेट तोक्न सकेको छैन । तसर्थ, ती कार्यक्रम सफल हुन सकेका छैनन् । आवश्यक पौष्टिक तŒव परिपूर्तिका लागि एभोकाडो खेतीले केही योगदान पु¥याउँछ । एभोकाडोमा हरेक व्यक्तिका लागि आवश्यक सबै पोषक तŒव पाइन्छन् । विशेषतः यसमा २० किसिमका भिटामिन तथा खनिज पदार्थ पाइन्छन् ।

आजकाल विश्वका धेरै देशमा एभोकाडोको जुस बनाई बिक्री गर्न थालिएको छ । जुन महँगो भए पनि स्वास्थ्यबद्र्धक छ । यो विभिन्न रोगको रोकथामका लागि पनि सेवन गरिन्छ । हाल विश्वका धेरै देशमा एभोकाडो खेती गरिन्छ । तर, यसको सबैभन्दा बढी उत्पादन मेक्सिकोमा गरिन्छ, जहाँबाट विश्वका धेरै देशमा आयात गरिन्छ ।

पाकेको एभोकाडो चम्चाले झिक्दा घिउजस्तो देखिने हुँदा नेपालीमा यसलाई ‘घिउफल’ भनिन्छ । यस फलको बहुगुण बुझेका जो कोहीले सुरुमा जबर्जस्ती सेवन गरे पनि बानी परेपछि खोजीखोजी खान्छन् । नेपालमा एभोकाडो खेती कहिलेदेखि सुरु गरियो भन्ने तथ्य’bout खासै यकिन नभए पनि २०३५ सालमा कीर्तिपुर, त्रिशूली र सर्लाहीका बागवानी फार्ममा पाँच जातका एभोकाडो विदेशबाट ल्याई रोपेको कृषिविद्को भनाइ छ । यसपछि यो फलको खेती विस्तारै विभिन्न ठाउँमा गर्न थालियो ।

हाल काठमाडौंलगायत विभिन्न ठाउँका करेसाबारीमा एभोकाडोका बोट फाट्टफुट्ट देखिन्छन् । कतै यो फल फलेका छन् भने कतै फल्ने अवस्थामा छन् । नेपालमा सबैभन्दा बढी एभोकाडो खेती धनकुटामा गरिने भएकाले यसलाई एभोकाडोको राजधानी भनिन्छ । तर, हालसम्म पनि सोचेअनुरूप उत्पादन गर्न नसकिएकाले अध्ययन अनुसन्धान गरी उपर्युक्त ठाउँमा उपयुक्त जातको एभोकाडो खेती गर्न आवश्यक छ ।

एभोकाडो खेतीका लागि नेपालको हावापानी उपयुक्त छ । तसर्थ, हाल यो खेती धनकुटाबाहेक काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, सर्लाही र अन्य जिल्लामा पनि गर्न थालिएको छ । एभोकाडो खेती भीर, पाखा एवं खेर गएको जग्गामा पनि गर्न सकिन्छ । यसको खेतीबाट एकातर्फ खेर गएको जग्गा प्रयोग गर्न सकिन्छ भने अर्कोतर्फ किसानको आयआर्जन बढाउन सकिन्छ । एभोकाडोको छुट्टै खाँदा स्वादिलो एवं पोषिलो हुने र अन्य चीजसँग मिसाएर सेवन गर्दा पनि स्वादिलो एवं पोषिलो हुनाले यसको खपत दिनदिनै बढिरहेको छ । नेपालमा पनि मागअनुसार उत्पादन नहुँदा एभोकाडो आयात बढ्न थालेको छ ।

नेपालमा धेरै वर्षअघिदेखि खाद्यान्न बाली उत्पादनमा विशेष जोड दिँदै आएकाले फलफूल खेतीको ठोस विकास गर्न सकिएको छैन । तर, फलफूल खपत भने बढेकाले प्रत्येक वर्ष भारत, चीन र अन्य देशबाट प्रचुर मात्रामा आयात गरिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चिया, कफी, अलैंची, सुपारी, केरा, कागती आदि उत्पादनमा जोड दिइए पनि अन्य फलफूल खेतीमा ध्यान दिइएको छैन । त्यसैले, एभोकाडोलगायत अन्य फलफूल खेती ओझेलमा परेको छ । हाल पूर्वी नेपालका केही कृषक एभोकाडो खेती व्यावसायिक रूपमा गर्न इच्छुक छन् । सरकारले उनीहरूलाई आवश्यक सहयोग प्रदान गरे भविष्यमा एभोकाडो खेती फस्टाउन सक्छ ।

कोभिड–१९ महामारीपछि विश्वको अर्थतन्त्र शिथिल भएको छ । केही वर्षयता रुस–युक्रेन र मध्यपूर्वमा जारी युद्ध र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण खासगरी इन्धन र खाद्यवस्तुको मूल्यमा उतारचढाव आइरहेको छ । जसको फलस्वरूप पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ र खाद्यवस्तुको मूल्यमा वृद्धि भई विश्वको व्यापार गतिविधि एवं पुँजी प्रवाह प्रभावित भएको छ ।

हाल पनि विश्वमा मुद्रास्फीतिको तनावका कारण इन्धन तथा अन्य वस्तुको मूल्य कायमै छ । जसको फलस्वरूप विश्वको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ र नेपाल पनि अछुतो रहन सकेको छैन । भविष्यमा अर्थतन्त्र सबल बनाउन एभोकाडो खेतीले केही योगदान पु¥याउनेछ । जसका लागि सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ । एसियाली मुलुकमा आज पनि ६० प्रतिशतभन्दा बढी जनता कृषि पेसामा संलग्न छन् । तर, यिनीहरूमध्ये धेरैले कृषि उत्पादन वृद्धि गर्न नसक्नाले आयातमुखी भएका छन् । वर्तमान परिवेशमा जलवायु परिवर्तनका कारण कतै अतिवृष्टि र कतै अनावृष्टि हुनु, केही ठाउँमा खेतीयोग्य जमिन बाँझो मात्र नराखी खण्डीकरण गर्नु, धेरैजसो खेतीयोग्य जग्गामा उन्नत बीउबिजन, मल, कीटनाशक औषधि र सिँचाइ कमी, स्थानीय युवाको कृषिमा बढ्दो अनाकर्षण आदि कारण कृषिक्षेत्र संवेदनशील भएको छ ।

पछिल्लो समय ग्रामीणबाट सहरी क्षेत्र एवं अन्य देशमा बसाइँसराइक्रम निरन्तर बढिरहेको छ । परिणामतः कृषिकर्मका लागि आवश्यक जनशक्ति कमी भई कृषि उत्पादन घट्न थालेको छ । तर, नेपालको समग्र विकासका लागि कृषि विकास गर्न नितान्त आवश्यक छ । यसै सन्दर्भमा फलफूलले महŒवपूर्ण भूमिका खेल्ने हुनाले एभोकाडो खेतीले पनि कृषकको आयआर्जन एवं अर्थतन्त्रमा समेत केही योगदान पु¥याउनसक्ने नकार्न सकिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती