हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्धारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण

मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण गर्दै आएको छ । बोर्डले शुक्रबार १३ औ वार्षिक उत्सव मनाउँदै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

बोर्डबाट हाल हेटौडाको नगर क्षेत्र भित्रका १९ वटा वडाहरु मध्ये बडा नं १२ र १३ बाहेकका १७ वटा वडामा बसोबास गर्ने करिब १ लाख ७० हजार नगरवासिलाई सरदर दैनिक ८ देखि ९ घण्टा २९ हजार ७०९ वटा धाराहरु मार्फत दैनिक ३ करोड ७५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको छ ।

बोर्डले खानेपानी सेवा प्रवाहसँगै संस्थागत सुशासन, आर्थिक पारदर्शिता र प्रविधिमैत्री व्यवस्थापनलाई समेत जोड दिएको बार्डका अध्यक्ष प्रताप विष्टले बताए । खानेपानी सेवाको प्रभावकारिता अभिवृद्धिका लागि डिजिटल बिलिङ प्रणाली, मिटर व्यवस्थापन गर्दै आइरहेकोमा उपभोक्ता गुनासो सुनुवाइ प्रणालीलाई क्रमशः आधुनिकिकरण गर्ने प्रकृयालाई अगाडी बढाइएको अध्यक्ष विष्टले बताए ।

साथै विपद् बाढीपहिरो तथा खानेपानी अभावका समयमा वैकल्पिक वितरण प्रणालीमार्फत नागरिकलाई सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आइरहेका विष्टले बताए । हाल बोर्डले पानीको स्रोत सतहगत मुहान १, डिप ट्यूवेल ४० बटा र समवेत १९ वटा सञ्चालनमा ल्याएको छ । मुख्य बजार क्षेत्रमा २४ सै घण्टा वितरण गर्दै आइरहेको छ ।

बोर्डमा हाल पानी भण्डारण क्षमता ८ हाजर ९५२ घनमिटर मुख्य तथा शाखा पाइप लाइन करिब ८०० किलो मिटर रहेको विष्टले बताए । बोर्डलाई प्रति युनिट पानी उत्पादन लागत १३ रुपैयाँ ७० पैसा रहेको र बोर्ड प्रति युनिट १९ रुपैया ६० पैसामा विक्री गर्ने गरेको छ ।

यस आर्थिक वर्षमा हेटौंडा १५ सानो सुकौलीमा १ लाख लिटर क्षमताको पानी टंकी, वडा नं १६ मा सार्वजनिक शौचालय निर्माण, शाखा कार्यालयको स्तरोन्नती लगायत अन्य विभिन्न स्थानमा रहेको भवन तथा पर्खाल निर्माण तथा मर्मत कार्य बोलपत्रको माध्यमबाट सम्पन्न गरिएको विष्टले बताए ।

बोर्डको कार्यालय परिसर भित्र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना संगको सहकार्यमा अत्याधुनिक पानी परिक्षण प्रयोगशाला संचालनमा ल्याईको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र यस बोर्डको सहलगानीमा हेटौडा १६ शक्तिमा खानेपानीको पूर्वाधार निर्माण अन्तर्गत पानी संकलन टंकी ६ वटा ९०० घनमिटर क्षमताको, समवेल निर्माण र करिब साँढे ३ किमि पाइप लाइन विस्तार कार्य बोलपत्रको माध्यमबाट सम्पन्न गरिएको उनले बताए ।

यसैगरी यसै आर्थिक वर्षमा बागमती प्रदेश सरकार खानेपानी तथा सरसफाइ डिभिजन नं १ र यस बोर्डको सहलगानिमा हेटौडा ११ थानाभऱ्याङ्ग सिमलटार क्षेत्रमा खानेपानीको पूर्वाधार निर्माण अन्तर्गत २ वटा समवेल र पाले घर तथा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड पानी टंकी निर्माण कार्य वोलपत्रको माध्यमबाट सम्पन्न गरिएको छ भने हरिकुन्जपानी पोखरी जाने बाटोको स्तरीकरण गर्ने कार्य सम्पन्न गरिएको छ ।

आगामी दिनमा बोर्डले बोर्डको सेवा क्षेत्र भित्र विभिन्न स्थानहरुमा खानेपानीको पूर्वाधार निर्माण तथा मर्मत सम्भारको कार्य वोलपत्रको माध्यमबाट भई रहेको काम पुरा गर्ने, बोर्डको कार्यालयमा आवश्यक पर्ने विभिन्न साइजको एचडिपिई पाइप खरिदको लागि बोलपत्रको माध्यमबाट प्रकृया अगाडी बढाउने, सहलगानी खानेपानी आयोजना अन्तर्गत नेपाल सरकार संघीय खानेपानी तथा व्यवस्थापन आयोजना, हेटौडा उपमहानगरपालिका र हेटौडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानी खानेपानी आयोजना वोलपत्रको माध्यमबाट संचालन भई रहेकोमा पुरा गर्ने लक्ष्य लिएको छ ।

खानेपानी व्यवस्थापनको क्षेत्रमा बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकार संगको सहकार्यमा पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको दावि गरेको छ । विभिन्न वडामा नयाँ पाइपलाइन विस्तार, पुराना संरचनाको स्तरोन्नति, ट्यांकी निर्माण तथा मुहान संरक्षण कार्यक्रम मार्फत दीर्घकालीन सेवा सुनिश्चित गर्ने प्रयास जारी रहेको बोर्डका निमिक्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बताए । बोर्डले नगरको तिव्र शहरीकरणसँगै बढ्‌दो पानीको मागलाई सम्बोधन गर्न दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा ल्याइएको सापकोटाले बताए ।

हेटौडा खानेपानी व्यवस्थापन बोर्ड नेपालको स्थानीय तहमा समुदायमुखी खानेपानी व्यवस्थापनको सफल नमुनाका रूपमा स्थापित संस्थाको रुपमा रहेको छ। नेपाल खानेपानी संस्थानअन्तर्गत सञ्चालित हेटौडा शाखाको सम्पत्ति तथा दायित्व २०७० साल जेठ ८ गते औपचारिक रूपमा यस बोर्डमा हस्तान्तरण भएपछि नगर क्षेत्रको खानेपानी सेवा व्यवस्थापनको जिम्मेवारी बोर्डले सम्हाल्दै आएको छ। हस्तान्तरणसंगै स्थानीय आवश्यकता, दिगो व्यवस्थापन र सेवामुखी सोचलाई केन्द्रमा राखेर खानेपानी वितरण, मर्मत तथा विस्तार व्यवस्थापनका कार्यहरू प्रभावकारी रूपमा अघि बढाउदै आइरहेका नगरप्रमुख मिना कुमारी लामाले बताइन् ।

हेटौडा उपमहानगरपालिका क्षेत्रभित्र स्वच्छ र नियमित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित बोर्डले पाइपलाइन विस्तार, धारा जडान, मुहान संरक्षण तथा वितरण प्रणाली सुधारका कार्यलाई प्राथमिकतामा राखेको छ। यस अवधिमा हजारौ उपभोक्तालाई नियमित सेवा प्रदान गर्दै नगरवासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएले सेवाक्षेत्रमा शंवेदनशील भएको बोर्डले जनाएको छ ।

बार्षिकोत्सवको अवसरमा बोर्डले विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुलाई पोत्साहन स्वरुप नगरद सहित सम्मान गरेको कार्यलयका सूचना अधिकारी सञ्जयकुमार न्यौपानेले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य