सरकारको प्राथमिकतामा राहत र पुनः निर्माण: मन्त्री घिसिङ

इलाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलामको क्षति र त्यसको राहत र पुनः निर्माणका लागि सरकारले उच्च प्राथमिकतामा राखेको बताए । गत असोज १८ गतेको बाढी पहिरोको स्थलगत अवलोकन गर्न इलाम पुगेका घिसिङले राहात र पुन: निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका हुन ।

इलामको राजदूवालीको पहिरो अवलोकन पछि सञ्चारकर्मीसँग कुरा गर्दै ‘सरकारले इलामलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ, उनले भने, संकटग्रस्त क्षेत्र घोषणा गर्नुभनेको यहाँको सडक, खानेपानी, विजुलीबत्तिसहित नागरिकमा आधारभूत आवश्यकता पूर्ति गर्न पहल चाल्नु हो ।’

उनले राहत वितरणको कामलाई पनि व्यवस्थित बनाइने भन्दै उनले हामीले राहत वितरणको काम थालेको छौँ । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा राहत वितरणको काम हुनेबताए । उनले इलाममा भएको क्षतिको विवरण लिने काम पनि जारी रहेको भन्दै धेरै ठाउँमा विद्युत अवरोध भएको छ ।

हाम्रा प्राविधिक साथीहरू खटिनुभएको छ । भोली (आइतबार) सम्ममा विद्युत सेवा सुचारु हुने र यो मेची राजमार्ग पनि भोलिसम्ममा सुचारुहुने बताए । राजदुवाली क्षेत्रमा क्षति धेरै भएकाले त्यहाँ विकल्प मार्ग खोज्ने र माई खोलामा नयाँ पक्की पुल निर्माण गर्ने योजना बढाइएको मन्त्री घिसिङले बताएका छन् ।

गृह सचिव रामेश्वर दंगालले प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास बनाइने र त्यसपछि तीनै तहका सरकार मिलेर स्थायी आवास निर्माण गरिने जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 110 times, 1 visits today)

epaper

ताजा समाचार

संवेदनशील र निषेधित क्षेत्रमा उडान भर्न पूर्वअनुमति नचाहिन