बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनेकाले नेपालमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । भारतीय मौसम विभागका अनुसार ‘अंपुन’ नाम दिइएको उक्त चक्रवातका कारण केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना छ ।

अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको छ। यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै उत्तरपूर्वतिर सर्ने भारतिय मौसम विज्ञान विभागले जनाएको छ ।

चक्रवातको प्रभाव मे २१ (चारदिन) सम्म रहनेछ । नेपालको मौसम पूर्वानुमान महाशाखाले चक्रवातका कारण मंगलबारदेखि नेपालको मौसम पनि प्रभावित हुने जनाएको छ ।

‘हाल दक्षिण बंगालको खाडीको मध्य भागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातको रुपमा विकसित भैसकेको छ,’ महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा भनिएको छ,‘उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २/३ दिनसम्म देशै भरि बदली भई केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम