पोखरामा लिपमोटर बि१० सार्वजनिक

पोखरा । पोखराको शिवचोकमा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुम खुलेको छ । शुक्रबार उक्त शोरुमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले संयुक्तरुपमा उद्घाटन गरे ।

पोखरा क्षेत्रका लागि लिपमोटर र सिट्रोन गाडीका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्स कम्पनी प्रालि हो । उक्त मल्टिब्राण्ड शोरुमबाट कम्पनीले थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सेवा प्रदान गर्ने जनाइएको छ ।

यसैबीच, शोरुम उद्घाटन अवसरमा लिपमोटरको नयाँ मोडल बि१० विद्युतीय गाडीसमेत सार्वजनिक भएको छ । शोरुम उद्घाटन एवं बि१० सार्वजनिक कार्यक्रममा पोखरा क्षेत्रका उद्योगी, व्यवसायी, सञ्चारकर्मीलगायत सहभागी थिए ।

लिपमोटर र सिट्रोन गाडीको अन्तर्राष्ट्रियस्तरको शोरुम उद्घाटनसँगै पोखराको अटोमोबाइल क्षेत्र थप सशक्त भएको विश्वास कम्पनीको छ । सो शोरुमले प्रिमियम, ग्राहक केन्द्रित अटोमोटिभ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । शोरुममा उपस्थित भएर पोखरा क्षेत्रका ग्राहकले टेस्ट ड्राइभ, विशेषज्ञ परामर्श र दुवै ब्राण्डका नवीनतम् मोडल’bout प्रत्यक्ष बुझ्न सकिने जनाइएको छ ।

लिपमोटर बि१० स्मार्ट, सुरक्षित र आकर्षक गाडी हो । ‘लाइफ’ र ‘डिजाइन’ गरी लिपमोटर बि१० नेपालमा दुई भेरियन्टमा उपलब्ध छ । ‘लाइफ’ भेरियन्टको मूल्य ५५ लाख रुपैयाँ पर्छ । अहिले कम्पनीले ‘लाइफ’को अफर मूल्य ४९ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, ‘डिजाइन’ भेरियन्टको मूल्य ६० लाख रुपैयाँ रहे पनि अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ मात्र कायम गरिएको छ । अफर मूल्यका कारण लिपमोटरका ग्राहक लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।

पोखरामा लिपमोटर र सिट्रोनको अत्याधुनिक शोरुमको उद्घाटनसँगै नयाँ लिपमोटर गाडी सार्वजनिक गर्न पाउँदा गौरव महसुस भएको प्रालिका सञ्चालक गोपाल बरालले बताए । ‘हामीले अटोमोबाइल क्षेत्रमा लामो समयको अनुभव संगालेका छौं । ग्राहकको विश्वास जित्न सक्नु नै हाम्रो सफलता हो,’ उनले भने, ‘लिपमोटर र सिट्रोन गाडी पोखरा क्षेत्रमा छोटो समयमा लोकप्रिय बनेको छ, नयाँ लिपमोटर पनि धेरैको रोजाइमा पर्ने विश्वास छ ।’

सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले पोखरामा स्थापित नयाँ अत्याधुनिक शोरूम र सेवाले लिपमोटर र सिट्रोन गाडीप्रति पोखरेली ग्राहकको थप विश्वास बढ्ने विश्वास व्यक्त गरे । लिपमोटर र सिट्रोन गाडीका लागि नेपालीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स हो ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री जाने भएपछि सिरहामा तनाव