काठमाडौं । कोरोना संक्रमणका कारण लकडाउनमा रहेका दर्शक वा श्रोताका लागि आफ्नो गीत प्रस्तुत गर्नेक्रम गीतकार तारा अधिकारीले जारी राखेकी छन् । यसैक्रममा यी गीतकारले आफ्नो नयाँ गीत ‘विश्वासको दिया…’को भिडियो सर्वजनिक गरेकी छन् ।
लकडाउनको समयमा सार्वजनिक भएको उनको यो तेस्रो भिडियो हो । यसपटक उनले गीत वि ‘श्वासको दियो….’को लिरिकल भिडियो सार्वजनिक गरेकी हुन् । ‘कोरोना भाइरसको संक्रमण जोखिमका कारण अहिले देशमा लकडाउन जारी छ । यो समयमा आप्mनो सिर्जनालाई दर्शकमाझ ल्याउनुपर्छ भनेर यो गीतको भिडियो ल्याएको हुँ,’ गीतकार ताराले भनिन् ।
लकडाउनका कारण भिडियो छायांकन गर्न नपाएपछि सुनौलो तारा एल्बममा समावेश यो गीतको पनि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताइन् । यो गीत सुनौलो तारा च्यानलबाट उनले सार्वजनिक गरेकी छन् ।
राज सिग्देलको आवाज रहेको गीतमा कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेछ । यो गीत आरबी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकडिङ गरेका हुन् । भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् । गीत कर्णप्रिय बनेको छ ।






