काठमाडौंका सुकुम्वासी बस्तीमा शनिबारबाट डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रधानमन्त्री बालेन्द्र शाहको काठमाडौंका खोला–नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने योजना कार्यान्वयनमा जुटेको छ । महानगरले बागमती खोला किनार, धोबी खोला किनार, बल्खु, थापाथली, मनहरालगायत क्षेत्रमा बसोबास गर्नेहरूलाई सो स्थान खाली गर्न भनेको छ ।

विस्थापितलाई होटेल र लजमा राख्ने महानगरको तयारी

महानगरले शुक्रबार (आज)सम्ममा अनधिकृतरूपमा खोलाकिनार बसेका सुकुम्वासीलाई सो क्षेत्र खाली गर्न माइकिङ गरेको छ । महानगरको टोलीले बिहीबार बस्ती खाली गर्न र खाली ‘नगरे शनिबारबाट बल प्रयोग गर्ने’ सूचना जारी गरेसँगै सुकुम्वासी त्यसको सशक्त प्रतिकारमा उत्रिने रणनीति बनाउन थालेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बिहीबार डाकेको जिल्ला सुरक्षा समिति बैठकले सुकुम्वासी बस्ती खाली गराउने निर्णय गरेको छ । छलफलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत महानगरका सुरक्षा अधिकारी पनि सहभागी थिए । जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका चार सुकुम्वासी बस्तीमा खाली गर्न ‘माइकिङ’ गरेको छ ।

प्रधानमन्त्री शाहकै निर्देशनमा आइतबारसम्ममा सुकुम्वासी बस्ती खाली गर्ने महानगरको तयारी छ । सोहीअनुसार महानगर प्रहरी र नेपाल प्रहरीलाई तैनाथसमेत गरिसकिएको छ । महानगरले सरकारसँग समन्वय गरेर बस्तीबाट हटाइएका नागरिकलाई घरबारविहीन बनाउन नदिने प्रतिबद्धता भने जनाएको छ । यसअघि, महानगरले तय गरेका स्थानमा स्थानान्तरण गर्ने, अर्को व्यवस्था नभएसम्मका लागि होटेल र लजमा भए पनि लगेर राख्नेलगायत विकल्पमा छलफल गरिरहेको छ ।

प्रतिकार गर्ने तयारी
बस्तीमा डोजर चलाउने सरकारी तयारीले सुकुम्वासी बस्तीमा बसोबास गर्दै आएकाहरू त्रसित भएका छन् । ‘सुकुम्वासीको समस्या समाधान गर्नुको साटो सरकार हटाउने खेलमा लागेको’ भन्दै आम सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघले त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

शनिबार, आइतबार सुकुम्वासी बस्तीमा डोजर लगाएर खाली गराउने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघका उपाध्यक्ष अमर लिम्बु र महासचिव महम्मद सतारले ‘नेपाली नागरिकलाई सरकारले उठीबास लगाउने योजना बनाएको’ भन्दै प्रतिकारसम्ममा उत्रने चेतावनी दिएका छन् । ‘प्रधानमन्त्री बालेन्द्र शाहज्यूले जो डोजर लगाउने कुरा गर्नु आमजनसमुदायलाई स्वीकार्य छैन ।

जिम्मेवार ठाउँमा बसेर संविधान र कानुन पालना गर्नु गराउनुको साटो आफ्ना नागरिकलाई दुःख दिने, उठीबास लगाउने, कानुनविपरीत कार्य गर्नु हामीलाई अस्वीकार्य छ,’ संघका उपाध्यक्ष लिम्बु र महासचिव सतारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अलपत्र पार्दैनौं, व्यवस्थापन गर्छौं : महानगर
यसैबीच काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुम्वासी बस्ती हटाउने हटाउने पुरानै योजना भएको र आउने आइतबार, सोमबारभित्र खाली गराउने जानकारी आएको बताए । ‘यो तीन वर्ष पहिलाकै योजना हो । सुकुम्वासी बस्ती खाली गराएर व्यवस्थित बनाउने’bout पहिलादेखि नै काम भइरहेको छ,’ प्रवक्ता मानन्धरले बिहीबार राजधानीसँग भने, ‘आइतबार, सोमबारभित्र खाली गराउने भन्ने सूचना आएको छ ।’ कानुन र प्रक्रियागतरूपमै सुकुम्वासी बस्ती व्यवस्थित गर्ने विषयमा छलफलसमेत हु ँदै आएको बताउँदै उनले सुकुम्वासी बस्तीलाई ‘कसरी व्यवस्थित गर्ने ?’ भन्ने’bout कानुनअनुसार नै अघि बढ्ने जानकारी दिए ।

‘डोजर चलाउने सरकारको निर्णय छैन’
प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि सुकुम्वासी बस्ती हटाउन खोजेका थिए । अहिले शाह प्रधानमन्त्री भएपछि ‘सुकुम्वासी बस्ती जसरी पनि हटाउनुपर्छ’ भन्ने विषयमा योजनाअनुसार अघि बढेका छन् । प्रधानमन्त्री शाहकै योजनामा जसरी पनि शनिबार, आइतबारभित्र काठमाडौंका सुकुम्वासी बस्ती खाली गराउनुपर्ने विषयमा प्रहरीलाई निर्देशन दिएको स्रोतको दाबी छ ।

सोहीअनुसार प्रहरी अघि बढेपछि सुकुम्वासी बस्तीमा त्रासका साथै प्रतिकार गर्ने योजनासमेत बनिरहेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेल सकुम्वासी बस्तीमाथि डोजर चलाउने कुनै निर्णय नभएको बताउँछन् । मन्त्रिपरिषद्बाट सुकुम्वासी बस्ती खाली गराउने विषयमा कुनै निर्णय नभएको उनले बताए । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय सुनाउँदै प्रवक्ता पोखरेलले ‘सुकुम्वासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको’ जानकारी दिए ।

उपत्यकामा साढे ३ हजारबढी सुकुम्वासी
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदनअनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् । तीमध्ये काठमाडौं महानगरभित्र २ हजार २४५ घरधुरी छन् भने कागेश्वरी नगरपालिकामा ९०, बूढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ अव्यवस्थित बसोबासी भएको तथ्यांक छ ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता