एकल साँझमा प्रस्तुत हुँदै अञ्जना गुरुङ

काठमाडौं । लामो समयदेखि संयुक्त राज्य अमेरिकामा रहँदै आएकी गायिका अञ्जना गुरुङ दुई साता अघि नेपाल आएकी छिन् । नेपाल बसाइको क्रममा गायिका अञ्जनाले काठमाडौँमा आफ्नो सांगीतिक एकल साँझ प्रस्तुत गर्ने भएकी छिन् ।

गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखि गायनमा सक्रिय छिन् । अमेरिकामा रहेर पनि उनले गीत रेकर्ड गर्दै आएकी छिन् । लामो समयदेखि एकल साँझको चाहना भए पनि यही २१ कात्तिकमा आफू एकल साँझमा प्रस्तुत हुन लागेको उनले आइतबार पत्रकार भेटघाट आयोजना गर्दै सञ्चारकर्मीलाई जानकारी गराइन् । सो एकल साँझको लागि आफूले गायक अभ्यास पनि सुरु गर्न लागेको यी गायिकाले सञ्चारकर्मीलाई जानकारीसँग बताईन् ।

टिका गोपाल.एम् क्रियशनले ‘अञ्जना गुरुङ एकल सांगीतिक साँझ –२०८२’ को योजनामा गर्ने भएको छ । सो एकल साँझमा गायिका अञ्जना गुरुङले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्ने टिका गोपाल एम् क्रियशनका अध्यक्ष गीत सिंहले जानकारी गराएकी छिन् । एकल साँझमा गायिका अञ्जनाले आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सरी तिम्रो माया, ठ्याक्कै भेटौँला, नजर नजरको, जसले मुटु चुँडेर लग्यो, माइला रोदी घरमा, मान चाहे नमान तिमी मेरो हौ लगायत डेढ दर्जन आफ्ना गीतहरू गाउने जानकारी गराएकी छिन् ।

सोही समारोहमा गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार– २०८२’ अग्रज लोक गायक कमल बिक ‘निर्मोही’लाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको पनि आयोजक पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ