जेन्जी आन्दोलनपछि एमाले महासचिव पोखरेल पहिलोपटक दाङमा

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जेन्जी आन्दोलनपछि पहिलो पटक आफ्नो गृह जिल्ला दाङ पुग्नुभएको छ । उहाँले भदौ २४ गते तुलसीपुरमा भएको आगजनी र तोडफोड घटनाबाट क्षति पुगेका सरकारी तथा निजी भवनहरूको स्थल अनुगमन गर्नुभएको छ ।

महासचिव पोखरेलले एमाले केन्द्रीय सदस्य कोमल ओलीको ‘कोमल रिसोर्ट, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र काँग्रेस नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीको क्षति पुगेका घरको अवलोकन गरेका थिए ।

त्यसैगरी उनले उच्च अदालत तुलसीपुर, तुलसीपुर उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय, र एमाले पार्टी कार्यालयको समेत स्थलगत निरीक्षण गरेका थिए । पोखरेलको तुलसीपुरको बिजौरीमा रहेको घरसमेत आन्दोलनको क्रममा ध्वस्त पारिएको छ ।

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले जेन्जी आन्दोलनका नाममा राष्ट्रको जीवनमा असाधारण क्षति पुगेको बताए । भ्रष्टाचारको अन्त्य र समाजिक संजाल निर्वाध चलाउन पाउनुपर्ने जेन्जीको दुईवटा मात्रै आन्दोलन भएपनि लोकतन्त्र विरोधी शक्तिले नव युवाको आक्रोशको माध्यमबाट राष्ट्रलाई गम्भीर हानी पुर्याउने काम गरेको बताए ।

“सरकारले व्यवसायिक कम्पनीहरुलाईमा नेपालमा समाजिक सञ्जाल दर्ता गर्न अनुरोध गरेको हो । दर्ता नगर्दासम्मका लागि मात्रै सरकारले रोक लगाउने भनेको थियो । तर हाम्रो नयाँ पुस्ताको सोसल मिडिया अथवा इन्टरनेटको दुनियामा यति ज्यादा लत बसेको रहेछ छ कि उसले धैर्यरता गर्न सकेन ।

खान पिउन छोड्न सक्ने तर फेसवुक, टुईटर जस्ता गेमीक प्रोग्रामहरु छोड्न नसक्ने तहमा पुगेको रहेछ । जसलाई लोकतन्त्र विरोधी शक्तिले नव युवाको आक्रोशलाई प्रयोग गरेर राष्ट्रलाई गम्भीर हानी पुर्याउने काम गरे । नयाँ पुस्ताले पनि त्यो कुरा विस्तार महसुस गर्दै छन् ।” महासचिव पोखरेलले भने ।

जहानियाँ राणा शासनको अन्त्यदेखि २०६२–६३ को जनआन्दोलनसम्म आउँदा लाखौ लाख जनतामा सडकमा आएको र तत्कालिन सरकार दमनमा उत्रिए पनि सार्वजनिक सम्पती र सम्पदामाथि कुनै क्षति नपुगेको बताए ।

“दाङमा क्षति पुर्याउने काम दंगालीले नै गरेका हुन् । अहिले तीमध्ये धेरैले पश्चाताप गरिरहेका छन् । त्यो आवेगको विजय होइन, राष्ट्रमाथिको घात थियो ।” पोखरेलले भने ।

पोखरेलले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन समाज र नयाँ पुस्ताले सचेत बन्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकार संविधान र कानुन विपरीत बनेको र यो जनताले रोजेको सरकार समेत नभएको दाबी पोखरेलले गरे । मन्त्रीमा कस्ता कस्ता पात्रहरु खडा गरिन्छन् भन्ने कुरा उनिहरुको नाम आउने वित्तिकै फिर्ता लिनुपर्ने अवस्थाले पुष्टि गरेको समेत उनले प्रष्ट पारे ।

“नयाँ पुस्ताले नयाँ ढंगले सोच्नु पर्दछ । आक्रोश र आवेगलाई जसरी दुरुपयोग गरियो मूलक विरोधी, लोकतन्त्र विरोधी, तत्वबाट नेपाली समाज चिन्तित छ ।” पोखरेलले भने ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौंका ४८ र भरतपुरका ५ ठेक्का तोड्ने तयारी