
ओली भन्छन्– चुनाव हुन्न ‘२००७ सालदेखिकै सम्पत्ति छानबिन गरौं’
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनका लागि घोषित निर्वाचन ‘हुन नसक्ने’ भन्दै वर्तमान सरकारलाई २००७ सालपछिका भ्रष्टाचारका सबै विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले ‘आफूलाई झुटा मुद्दा लगाएर पक्रन खोजिएको र उपत्यकाबाहिर जान अवराधे गर्न खोजिएको’ भन्दै ‘कानुनविपरित जारी हुने यस्ता आदेश आफूलाई मान्य नभएको’ पनि बताए । वर्तमान सरकारले दललाई विश्वासमा लिन नसकेको, शान्ति सुरक्षा कायम गर्न नसकेकोलगायत कारण देखाएर घोषित मितिमा चुनाव नहुने उनको दावी छ ।
जेनजी आन्दोलपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका ओलीले ‘जतिबेलाको पनि सम्पत्ति छानबिन गर्न आफू तयार रहेको’ जिकिर गरे ।
‘२००७ सालपछिकै छानबिन गर्नु पर्छ भने पनि गरौ ं । ०४६ पछिकै छानबिन गर्नुपर्छ भने पनि गरौं, ०६२–६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं, कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं,’ ओलीले भने । उनले देशभरका नेता कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध लाग्न तयारीमा जुट्नसमेत आग्रह गरे ।
‘दिनैपिच्छे केपी ओलीलाई कसरी गिरफ्तार गर्ने ? कसरी झुटा मुद्दा लगाउने ? भनेर बैठक बसेर बन्छ देश ? केमा मुद्दा लाउनुहुन्छ र ? केमा ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? तपाई ंलाई रिस उठ्यो भन्दैमा थुन्ने ? कि अरु कुनै आधार छ कारण छ ? फेरि हामीले भनेका छौं, हाम्रो पार्टीले भनेको छ,’ उनको भनाइ छ ।
ओलीले नातावादविरुद्ध सामाजिक सञ्जालमा चलिरहेको नेपो बेबी ट्रेन्डको पनि आलोचना गरे । उनले भने, ‘के बेबी अरे ? नेपोबेबी ।
अब त्यो बच्चाको के दोष ? बाउ आमाले प्यारो गरे होलान्, माया गरे होलान्, म्वाइँ खाए होलान्, काखा लिए होलान, कोक्रामा राखेर हल्लाए होलान्, झुलाए होलान्, सरसफाई गरिदिएहोला । बुबुमाम खुवाइदिए होला, सधै थप्पड हानेर रुवाई रहनु पथ्र्यो कि के गर्नुपथ्र्यो त्यसलाई ?’ उनको प्रश्न छ ।

प्रचण्ड भन्छन् भएरै छाड्छ ‘नेतृत्व छाड्न तयार छु’
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी भावनाको कदर गर्दै नेतृत्व छाड्न आफू तयार रहेको दोहोर्याएका छन् ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्द ै संयोजक प्रचण्डले ‘जेनजीलाई भने, ‘म तपाई ंहरूको भावनाको साथमा भएरै नेतृत्वसमेत छाड्न तयार छु, तर तपाईंहरूले आफ्नो मित्र दुश्मन को हो ? छुट्याउनुहोला ।’
देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्ति एकजुट हुनुपर्न े आवश्यकता पनि उनले औंल्याए । ‘हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं ।
संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी २१ फागुनमा तोकिएको निर्वाचन हो । यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकारलगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ,’ उनले भने ।
प्रचण्डले आगामी २१ फागुनको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै ‘निर्वाचन नगरिकन देशमा अर्को अराजकता आउन सक्ने भएकाले सबैले राष्ट्रिय सहमतिसाथ चुनाव सम्पन्न गराउन जरुरी रहेको’ उल्लेख गरे । ‘संसद् पटक पटक विघटन गर्न ेहरूले अहिले संसद् पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको छ,’ उनको व्यंग्य छ ।
‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरूकै समूहले संसद्को कुरा गर्नु विडम्बनापूर्ण हो,’ उनको टिप्पणी थियो ।
उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।






