सिसाको ६७ टुक्रा निकालिएको थियो महिमाको अनुहारबाट

मुम्बई । बलिउडका नायिकाहरूले प्लास्टिक सर्जरी गरेर आफ्नो मुहारलाई सुन्दर बनाउने गरेको आरोपलाई अभिनेत्री महिमा चौधरीले केही हदसम्म स्विकारेकी छन् । तर सबैले यस्तो नगर्ने उनको तर्क छ ।

बिबिसीसँगको कुराकानीमा आफूले पनि मुहारको कस्मेटिक सर्जरी गर्नु परेको उनले बताएकी छिन् । त्यो रहरले नभएर एउटा दुर्घटनाले आफूले मुहारको कस्मेटिक सर्जरी गर्नु परेको उनले खुलाएकी छिन् ।

दार्जिलिङमा जन्मिएकी अभिनेत्री महिमाले मोडलिङ हुँदै बलिउड यात्रा तय गरेकी हुन् । चलचित्र क्षेत्रमा आउँदा उनी वास्तविक सुन्दरी थिइन् । तर एउटा भयानक सडक दुर्घटनाले आफ्नो मुहारमा थुप्रै दागहरू निम्त्याएको उनले बताएकी छिन् ।

अभिनेत्री महिमाका अनुसार सन १९९९को घटना हो । त्यति बेला उनी निर्देशक प्रकाश झाको चलचित्र ‘दिल क्या करे’को छायांकनमा कारबाट बैंगलोर जाँदै थिइन् । यात्रामा उनी चढेको कार गम्भीर दुर्घटना भएको थियो । एउटा ट्रकले उनको कारलाई ठक्कर दिएका कारण उनी पनि गम्भीर भएकी थिइन् ।

सो दुर्घटनामा कारको अगाडीको सिसा फुटेर उनको अनुहारमा गाडिएको थियो । त्यति बेला उनको अवस्था यति गम्भीर थियो कि दुर्घटनामा प्रत्यक्ष देखेकाहरूले महिना बाँच्न सक्दिनन् होला समेत भनेका थिए ।

दुर्घटनापछि तत्कालै अस्पताल लगिएको उनलाई अभिनेताहरू शाहरुख खान, अजय देवगन र उनकी आमा उपस्थितिमा विशेष रूपमा उपचार गरिएको थियो । डाक्टरहरूले शल्यक्रिया गरेर महिमाको अनुहारबाट ६७ वटा सिसाका टुक्रा निकालेका थिए । यो समय उनको लागि अत्यन्तै पीडादायी थियो । त्यो घटना सम्झँदै महिमा चौधरीले भनिन्, ‘पहिलो पटक ऐनामा आफ्नो अनुहार देख्दा आफूलाई मैल चिन्न नसकेर रोएको थिएँ ।’

महिमा चौधरीका अनुसार त्यो शल्यक्रिया पछि, उनलाई कुनै पनि दागबाट बच्नको लागि घाम र उज्यालो प्रकाशबाट पूर्ण रूपमा टाढा रहन निर्देशन दिइएको थियो। यस्तो अवस्थामा आफू धेरै हप्तासम्म आफ्नो कोठामा सीमित रहेको पनि उनले बताएकी छिन् ।

त्यो घटनापछि पनि उनको मुहारमा दाग थियो । त्यो दागले उनलाई चलचित्रमा भूमिका दिलाउन नसक्ने अवस्था थियो । सोही कारण चिकित्सकहरूले उनको मुहारको कस्मेटिक सर्जरी गरेर दागहरूलाई लुकाउनु परेको थियो । सो दुर्घटनापछि आफ्नो हातबाट त्यति बेला निकै राम्रो चलचित्रहरु खोसिएको पनि यी अभिनेत्रीले बताएकी छिन् । यसरी आफूले कस्मेटिक सर्जरी गर्नुको कारण रहर नभएर बाध्यता भएको पनि उनले स्पष्ट पारेकी छिन् ।

सन १९९०बाट विज्ञापनको मोडलिङ मार्फत ग्लामर क्षेत्रमा आएकी महिमालाई निर्देशक सुभाष घईले सन १९९७ मा निर्मित चलचित्र ‘परदेश’बाट नायिकाको रूपमा बलिउडमा लन्च गरेका थिए । यिनै अभिनेत्रीको यति बेला नयाँ चलचित्र ‘दुर्लभ प्रसाद की दुसरी सादी’ निर्माण भइरहेको छ । उनी यो चलचित्र प्रति निकै उत्साहित छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ