६ पेज लामो नोट लखेर लेखापाल आशा लामा बेपत्ता

काठमाडौं । रामेछापको राकाथुम माविकी लेखापाल आशा लामा घरबाट बेपत्ता भएकी छन् । खाँडादेवी गाउँपालिका-१ पाङखर की ३६ वर्षीया लामा आफ्नै घरबाट बेपत्ता भएकी हुन् । उनी राकाथुम माविको लेखापाल थिइन् । आइतबार बिहान करिब ४ बजेदेखि विद्यालय र घर आफन्त कसैको सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

उनको खोजी गरिदिन परिवारका सदस्यले आग्रह गरेका छन् । कोही कसैले देखे चिने भेटे आफन्त, समुदाय र नजिकको प्रहरीमा जानकारी र सम्पर्क गरिदिन लामाको ससुरा वीरबहादुर लामाले आग्रह गरेका छन् ।

उनी कुनै स्क्यामरमा परेको आशंका रहेकोले मानसिक तनावका कारण कहीँ कतै गई सम्पर्कबाट टाढा रहेको हुनसक्ने परिवारले आशंका गरेको छ । उनको मोबाइल स्कुटर सबै घरमै रहेको छ । उनको २ छोरी समेत रहेका छन् ।

परिवारले बुहारी बेपत्ता भएपछि प्रहरी चौकी लुभुघाटमा खबर गरेका थिए । प्रहरी उनको घर पुगेर खानतलासी गर्दा ६ पेज लामो नोट लेखेर छाडेको पाइएको छ । उक्त चिठी प्रहरीले हेर्दा उनले आफू ७ लाख ६५ हजार भन्दा बढी रकम ठगीमा परेको उल्लेख गरेको प्रहरी चौकी लुभुघाटका प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

पर्दामा सफल अभिनेत्री सधैँ प्रेम र विवाहमा असफल