भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्यांग्रे्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा २ करोड १३ लाख रुपैयाँ लागतमा संरक्षण गरिएको हो ।
गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको छ । पर्यटकलाई लक्षित गरेर यहाँका संरचनाको संरक्षणसँगै पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माणलगायतको काम गरिएको छ ।
पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुआब्जा दिएर यहाँका दुईवटा घर र ३ कित्ता जग्गा अधिग्रहण गरेर संरक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर थप विकास तथा संरक्षण गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । पोखरीको मौलिकतालाई यथावत् राख्दै आधुनिक प्रविधिको प्रयोग गरेर विकासको काम भइरहेको अध्यक्ष राईको भनाइ छ । पालिका केन्द्रको मुख्य पर्यटकीय क्षेत्र रहेकाले यसलाई प्राथमिकतामा राखेर विकासको काम भइरहेको उनको भनाइ छ ।
‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौं,’ अध्यक्ष राईले भने, ‘यहाँका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको डीपीआर बनाइसकेका छौं, च्यांग्रे्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ ।’
परापूर्वकालमा यहाँ च्यांग्रे्र आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्यांग्रे्रे पोखरी’ नामकरण गरिएको स्थानीयवासीको कथन छ । परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासी नीरबहादुर फुयाँलले बताए ।
विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको ठूलो जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महŒव बोकेको यस स्थानको प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्नसके आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।
यही पोखरीको नामबाट यहाँ च्यांग्रे्रे बजारसमेत लाग्ने गरेको छ । विश्राम गर्न, घुम्न, डुल्न, तस्बिर लिन, दृश्यावलोकन गर्न आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए ।
सम्बन्धित समाचार
लुक्लामा आफ्नै हाइड्रोसहित २५ शैय्याको अस्पताल
मकालु आधार शिविर क्षेत्रमा बर्षा र हिमपात, पर्यटकलाई सचेत रहन प्रशासनको आग्रह
धनकुटामा बस दुर्घटना, एकजना घाइते
तमोर करिडोर र भेडेटार रवि राँके सडक अवरुद्ध, कोशी राजमार्ग एकतर्फि सञ्चालन
समाजसेवी राईद्वारा विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण
मकालु आधार शिविरवाट स्पेनिस नागरिको हेलिकप्टरमार्फत उद्दार
छथरजोरपाटी गाउँपालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज






