काठमाडौं । काठमाडौँको गैरी धारा, नक्सालमा रहेको कान्तिपुर थिएटरमा २४ कात्तिक सोमबार (आज)बाट नाटक ‘महारानीको जात्रा’ मञ्चन हुने भएको छ । यस अघि ‘मिरा’ र ‘सिरिसको फूल’ मञ्चनपछि आफूहरूले तेस्रो नाटकको रूपमा ‘महारानीको जात्रा’ लिएर आएको थिएटरका अध्यक्ष प्रकाश पुरीले राजधानीलाई बताए । नाटकको विशेष मञ्चन आइतबार बेलुका गरिएको थियो ।
यो नाटकलाई अनुभवी रंगकर्मी तथा प्रशिक्षक दिपल बरालले परिकल्पना तथा निर्देशन गरेका छन् । सोमबारबाट २० मंसिरसम्म बुधवार बाहेक हरेक साँझ ५ बजे ‘महारानीको जात्रा’ मञ्चन हुने आयोजक पक्षले जनाएको छ । नाटक हेर्नका लागि विद्यार्थी तथा रंगकर्मीहरूका लागि प्रतिव्यक्ति ३०० रुपैयाँ र साधारण दर्शकका लागि ५०० रुपैयाँ टिकट दर रहेको पनि आयोजकको कथन छ ।
नाटकमा चलचित्र अभिनेत्री तथा नाट्यकर्मी उषा रजक मुख्य भूमिकामा छिन् । नाटकबाटै चलचित्रमा नायिका बनेकी उषाले आफू लामो समयपछि रंगमञ्चमा फर्किएको बताईन् । उनीसँगै राज न्यौपाने, कलाकार सुहाना आचार्य र निकीता आचार्यलाई ‘महारानीको जात्रा’मा विभिन्न चरित्रमा देख्न पाइने छ ।
रमेश पुरीको निर्माणमा बन्ने यस नाटकका अन्य कलाकारहरूमा दीपेश गजुरेल, विकल्प ओली, ज्योति लामा, समीर शर्मा, विशाल कार्की, गोविन पौडेल, श्रीधर गौतम, प्रयास खत्री, विमल यादव, मनोज तामाङ, बिरान दहनी, श्वेता चौलागाईं र कुशल बासकोटा रहेका छन् ।
नाटक मञ्चन’bout आयोजक प्रकाश पुरीले भने,‘मीरा र शिरीषको फूलको चर्चाका कारण हामी उत्साहित भएका हौँ र रंगमञ्च क्षेत्रमा कान्तिपुरले मञ्चन गर्न लागेको यो नयाँ नाटकप्रति धेरैको चासो देखिएको छ । कान्तिपुर थिएटरको सुरुवातसँगै रंगमञ्च अझ फराकिलो र व्यावसायिक बन्दै गएको हाम्रो विश्वास छ ।’
सम्बन्धित समाचार
‘जेरी अन टप’ले बनायो नवौँ दिनमा नयाँ रेकर्ड
बहिष्कारबीच पनि कन्सर्टमा उत्रिए सोनु निगम
निर्माण हुँदै चलचित्र ‘हिमालयन गोल्ड’
चलचित्र विकास बोर्डको सामाजिक कार्यमा जोड
हलिउडकी दिग्गज अभिनेत्री डायनेको निधन
पुराना सामग्री संकलन गर्दै चलचित्र संग्राहलय स्थापनामा बोर्ड
‘कंगाल करोडपति’ औपचारिक घोषणा घोषणा
अञ्जनाको एकल गायनमा दर्शक मोहित






