काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर कानुनी परामर्शमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मानिकट नेताहरू कानुनी परामर्शमा जुटेका हुन्।
आनन्द ईभेन्स भिमसेनगोलामा केही बेरमा अन्तरक्रिया सुरु हुँदैछ। काँग्रेसमा विशेष महाधिवेशन माग्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर पार्टीमा बुझाइसकेका छन्। तर संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमाथि नै प्रश्न उठाएपछि महामन्त्री थापा पक्षले कानुनी परामर्श थालेको हो।
संस्थापन पक्ष फागुन २१ को चुनावअघि नियमित र विशेष कुनै महाधिवेशन सम्भव नहुने अडानमा छ। यस’boutमा काँग्रेसको जारी बैठकमा चर्को विवाद छ। पुस २९ भित्र नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्रीद्वयको अडान छ। त्यसमा इतर पक्षका नेता डा. शेखर कोइरालाको पनि साथ छ।
तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)
सम्बन्धित समाचार
सरकारमा पहिलोपटक जेनजी अनुहार
कसैले चुनाव भाँड्ने प्रयास नगर्न नवनियुक्त स्वास्थ्य मन्त्री आग्रह
सरकार–दल–जेनजी वार्ताः एजेन्डामा एक, कार्यान्वयनमा फरक मत
२० वर्षमा २०० सहमति, कुलमानसँगको पनि कार्यान्वयनमा शंका
जेनजी आन्दोलनमा मारिएका ४५ जना शहीद
प्रहरी महानिरीक्षक खापुङसँग जाँचबुझ आयोग असन्तुष्ट
जेनजी समूहले मतदाता संकलनमा सघाउँदै
आन्तरिक लोकतन्त्र बचाउन के गर्दैछन् दल ?





