काठमाडौं । धनुषामा एक महिलाको बीभत्स हत्या गरीएको छ । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या गरीएको हो ।
सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिएका छन ।
घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटना’bout राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो । मृतक महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको प्रहरीले जानकारी दिएको छ । स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् ।
त्यसकै निहुँमा उनको हत्या भएको आशंका प्रहरीको छ । प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)






