माइतीघरमा एमालेनिकट भोलेन्टियर फोर्सको प्रदर्शन, जेनजी समूहको धर्ना

काठमाडौँ । माइतीघरमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन गरिरहेको छ भने नजिकै जेनजी समूह धर्नामा बसेका छन् । दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौँमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौँको सामाखुसी र ललितपुरको जावलाखेलबाट र्याली सुरु गरी बबरमहल, माइतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौँस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिनेछ । फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौँका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।

माइतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएको छ । शुक्रवार जेनजी घाइते समूहले काठमाडौँको माइतीघर मण्डला पुगेर धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा उनीहरू घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएलको उपाधी लुम्बिनीलाई