बारा । मधेश प्रदेशको मुख्यमन्त्रीको राजिनामा माग्दै सडकमा टायर बालेर प्रदर्शन गरिएको छ । बाराको सदरमुकाम कलैयामा साऔ दलिय गठबन्धनले मधेश प्रदेशको मुख्यमन्त्री सरोज यादवको राजीनामा माग्दै टायर बालेर प्रदर्शन गरेको हो ।
संविधान विपरित होटलमा नियुक्त गरिएको मुख्यमन्त्रीको माग गर्दै सदरमुकाम कलैयामा टायर बालेर प्रदर्शन गरेको हो । सात दलिय गठबन्धनको नेता तथा कार्यकर्ताले गैर संवैधानिक मुख्यमन्त्रीको नियुक्ती खारेज गर, होटलमा गरिएको नियुक्ती खारेज गर, कानुनी राज्य कायम गर लगायतको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
लोसपाका केन्द्रीय सदस्य श्याम गुप्ताले असंवैधानिक तरिकाले नियुक्ती गरिएको मुख्यमन्त्री लगायत सबैको नियुक्तीको खारेजीको माग गर्दै सात दलिय गठबन्धनले घोर विरोध गरेको बताएका छन् ।
केही बेर प्रहरी र प्रदर्शनकारी बीच तनाव सृजना भएपनि विरोध सभालाई ट्रेलर रहेको नेताले बताएको थिए । राज्यले सुनवाई गरेन भने देशमा विद्रोह हुने नेताहरूले बताएका थिए ।
पुर्व मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वास राजिनामा दिए लगतै गरिएको नियुक्तीको विरोध हुदै आएको छ । विवादित सभामुखलाई पदमुक्त पनि गरिएको थियो ।
विरोध प्रदर्शनमा संविधान सभा सदस्य प्रमोद गुप्ता, शिवनाथ पटेल, लोसपाका नेता जयप्रकाश दास, आन्नद गुप्ता, डा कमरुल्लाह अंसारी, जयप्रकाश साह, एकीकृत समाजवादीका नेता रामानन्द प्यासी, धुर्व यादव, अनिल श्रेष्ठ, उमेश दुबे लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
देश जलाउनेलाई देशद्रोही मुदा लगाई देश निकाला गर्नुपर्छ : पुर्वमन्त्री साह
निकास र विकासमा असफल प्रधानमन्त्री सुशिला कार्कीलाई राजीनामा दिन जेनजीको सुझाव
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
मधेश प्रदेशमा आ–आफ्नै डम्फू
प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै बारा एमाले सडकमा
प्रतिगामी षड्यन्त्र विरूद्ध नेकपा एमालेको प्रदर्शन
रौतहटमा एमालेका निर्वाचित वडा अध्यक्ष आजपामा प्रवेश






