काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको बैठकबाट निर्णय गराउन असफल भएपछि ‘स्टन्डबाजी’मा उत्रिएका छन् ।
कांग्रेस महाधिवेशन बहस
४० दिन लामो चलेको केन्द्रीय कार्यसमितिको बैठकबाट नेता कार्यकर्ताको सुझावअनुसार निर्णय गराउन असफल भएका महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि कांग्रेसले आइतबार निर्वाचन आयोगमा दल दर्ता गराएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको छ । सोहीअनुसार कांग्रेसबाट वितरण हुने टिकटमा सभापति देउवाको हस्ताक्षर हुन्छ । तर, थापा भने अझै महाधिवेशनकै रटानमा छन् ।
बैठकमा पार्टीको १५औं महाधिवेशनका ’boutमा थरीथरीका प्रस्ताव आएका थिए । तर, बैठकले महाधिवेशनको मिति टुंगो लगाउन सकेन । महाधिवेशन’boutमा कुनै निर्णय नगरी प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गर्दै बैठक सम्पन्न भएको थियो ।
महामन्त्री थापाले ‘अब विशेष महाधिवेशनको विकल्प छैन’ भन्दै विशेष महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । नियमित एवं विशेष महाधिवेशनका ’boutमा बैठकमा छलफल भएको थियो । तर, निर्णय गराउन नेताहरू असफल भए ।
सोमबार महामन्त्री थापाले सभापति देउवाको हस्ताक्षरमा वितरण हुने टिकट लिएर आफू निर्वाचन नलड्ने घोषणा नै गर्नुपर्ने बाध्यता भयो । उनले अझै नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी निर्वाचनमा जाने जनाएका छन् ।
‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ, पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा निर्वाचन लड्ने भएको हो ? मैले भनें, ‘होइन, साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भनें, प्रस्ट छ– अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ, नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ, नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ, यही कारण हो हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको † अब विशेष महाधिवेशनको विकल्प छैन, कुरा स्पष्ट छ, अलमलमा नपरौं ।’ महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
यस्तै, अर्का महामन्त्री शर्माले पनि अझै विशेष महाधिवेशनको सम्भावना रहेको जनाएका छन् । बैठकबाट नियमित वा विशेष महाधिवेशन गर्ने ’boutमा निर्णय गराउन नसकेका नेताले महाधिवेशनको रटान लगाउन छोडेका छैनन् ।
महामन्त्री शर्माले महाधिवेशनको पहिलो विकल्पका रूपमा पुस अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने, महाधिवेशन तयारीक्रममा केही दिन समय नपुग्नसक्ने अवस्था देखिए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने बताए ।
दोस्रो विकल्पका रूपमा शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने बताए । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन,’ शर्माले भने ।
तर, महाधिवेशन’bout निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक कहिले बस्ने भन्ने टुंगो छैन । हालै ४० दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक अब तत्कालै बस्ने सम्भावना भने नभएको कांग्रेसकै नेताहरू बताउँछन् ।
कांग्रेस सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका संस्थापन पक्षका नेताहरूले निर्वाचनअघि महाधिवेशन नहुने स्पष्ट सन्देश दिइसकेका छन् । तर, संस्थापनइतरका नेताहरू निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन गर्नैपर्ने पक्षमा अझै अडिग छन् ।
कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशनमा पार्टी जानुपर्ने बताएका छन् । समयमै नियमित महाधिवेशन हुने बताउँदै उनले गाउँदेखि केन्द्रसम्म नयाँ नेतृत्वको आवश्यकता रहेको बताए ।
‘मलाई लाग्छ, विशेष महाधिवेशनभन्दा पनि नियमित महाधिवेशनमा कांग्रेस जानुपर्छ, वडादेखि केन्द्रसम्म नयाँ नेतृत्व स्थापित गर्नुपर्छ, गाउँदेखि जनतामा ऊर्जा पैदा गर्नका लागि नियमित महाधिवेशन नै आवश्यक पर्छ भन्ने मेरो व्यक्तिगत धारणा छ,’ उनले भने ।
कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराउँदै चुनावी टिकटमा सभापति देउवाकै हस्ताक्षर चल्ने व्यवस्था निर्वाचन आयोगमा पेस गरेको छ । चुनावी प्रयोजनका लागि दल दर्ता गर्दा टिकटको आधिकारिक हस्ताक्षरकर्ताको नाम आयोगमा बुझाउनुपर्छ । त्यसअनुसार कांग्रेसले सभापति देउवाकै हस्ताक्षर नमुना पेस गरेको छ ।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेपछि देउवा उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि उपसभापति खड्कालाई कार्यवाहक नियुक्त गरेका थिए । तर, औपचारिक रूपमा टिकटको अधिकार भने देउवाकै नाममा राखिएको छ ।
आफैं मिलाउनू : राष्ट्रपति
कांग्रेसभित्र देखिएको विवाद’bout राष्ट्रपति रामचन्द्र पौडेल मौन रहने जनाएका छन् । आफ्नो भूमिकाका कारण पार्टीको आन्तरिक विवादमा नबोल्ने उनले जनाएका छन् । राष्ट्रपति पौडेललाई भेट्न सोमबार शीतल निवासमा पुगेका कांग्रेस नेताहरूलाई उनले पार्टीभित्रको विवाद एकताबद्ध भएर आफैं मिलाउन आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेललाई भेट्न कांग्रेस नेताहरू गुरु घिमिरे, सुभाष पोखरेल, बलदेव तिमल्सिना, रमेश धमला, अमरसिंह पुनसहितका नेताहरू शीतल निवास पुगेका थिए । भेटमा आफूहरूलाई राष्ट्रपतिले भनेको कुरा उद्धृत गर्दै नेता पोखरेलले भने, ‘म पार्टीको विवादका विषयमा केही पनि बोल्दिनँ, पार्टीभित्र देखिएको विवाद मिलाउने जिम्मा तपाईंहरूकै हो ।’
राष्ट्रपति पौडेलले अहिले मुलुक संकटमा रहेकाले राजनीतिक दलहरू संगठित भएर संकटको समाधान गर्नतिर लाग्न आग्रह गरे । अहिले मुलुक संकटमा भएकाले सबैले मिलेर अगाडि बढ्नु आवश्यक रहेको उनले बताए । संविधानलाई जोगाउन सबै दल, नेता एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले सुझाव दिए । कांग्रेसका नेताहरूले राष्ट्रपतिलाई पार्टीको पछिल्लो अवस्था र वर्तमान राजनीतिक अवस्था’bout जानकारी गराएका थिए ।
सम्बन्धित समाचार
मधेश प्रदेश प्रमुख पदमुक्त, जनकपुरधाममा तनाव
संविधान सुधारदेखि ‘नो भोट’को अधिकार माग्दै प्रधानमन्त्रीलाई जेनजीको ज्ञापन
कहीँ नभएको जात्रा मधेस प्रदेशमा
दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्यो निर्वाचन आयोग पुगेर सनाखत
मैले त आँखैअगाडि कांग्रेस विभाजन देखेको छु: शेखर कोइराला
देश जोगाउने जिम्मेवारी दलको काँधमा
प्रधानमन्त्रीमाथि चौतर्फी दबाब: जसले बनायो उसैले माग्न थाल्यो राजीनामा
मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन आज






