काठमाडौं । एसईई परीक्षामा सहभागी हुन १४ वर्षको उमेरहद हटाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयलाई राष्ट्रिय परीक्षा बोर्डले कार्यान्वयन गर्न अस्वीकार गरेको छ ।
शिक्षा मन्त्रालयको निर्देशन ४ वर्षदेखि रद्दीको टोकरीमा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैत २०७८ मा मन्त्रीस्तरीय निर्णय गरेर २०७८ सालदेखि कक्षा १० को परीक्षा (एसईई)मा १४ वर्ष उमेरको थ्रेसहोल्ड हटाउने निर्णय गरेको थियो ।
तर, मन्त्रालयले यो निर्णय गरेको ४ वर्ष बितिसक्दा पनि बोर्डले निर्णय कार्यान्वयन गरेको छैन । शिक्षा ऐन, २०२८ को दफा ४ ‘ज’को उपदफा (१) बमोजिम मन्त्रालयले उमेरहद हटाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको थियो । मन्त्रालयको यो निर्देशन ६ चैत २०७८ मै परीक्षा बोर्डमा दर्ता भएको देखिन्छ । तर, बोर्डले अहिलेसम्म यो निर्णय कार्यान्वयन रोकेर राखेको हो ।
एसईई दिने विद्यार्थीलाई उमेरहद लगाएर विद्यार्थीको बोर्डमा गम्भीर खेलबाड गर्दा पनि शिक्षामन्त्री र मन्त्रालय भने मौन छ । विधिको शासन, सुशासन र भ्रष्टाचार अन्त्यको मागसहितको प्रदर्शनको प्रतिनिधिपात्रका रूपमा शिक्षामन्त्री बनेका महावीर पुनले समेत यस विषयमा चासो नदेखाएको पाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय १० कक्षा सानोठिमी भक्तपुरले गत १९ कात्तिकमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) २०८३ मा समावेश हुनका लागि रजिस्टे«सन फाराम खुलाइसकेको छ ।
सूचनामा २०८२ मा रजिस्ट्रेसन फाराम भरी २०८३ को माध्यमिक शिक्षा परीक्षामा समावेश हुनका लागि २०८३ चैत मसान्तमा १४ वर्ष उमेर पूरा गरेको हुनुपर्ने उल्लेख छ । यो सूचनाअनुसार चालू शैक्षिक सत्रमा पनि १४ वर्ष नपुगेका विद्यार्थी एसईईमा सहभागी हुन पाउनेछैनन् ।
पूर्वशिक्षकसमेत रहेका मन्त्री पुन मन्त्री क्वार्टर र सेवा सुविधा नलिई मन्त्रालयमै डेरा सारेर त्यहीँ पकाउने, खाने, बस्ने र सुत्ने गर्दै आएका छन् । तर, २४सै घण्टा मन्त्रालयमा बिताउँदा पनि मन्त्री पुनले कलिला विद्यार्थीमाथि अध्ययनमा वञ्चित गराउनेगरी भइरहेको परीक्षा बोर्डको लापर्बाही र अटेरीपनमाथि एक्सन लिन सकेका छैनन् ।
शिक्षा मन्त्रालयका शाखा अधिकृत गीता शर्माले हस्ताक्षर गरेर बोर्डमा पठाएको पत्र अहिलेसम्म पनि परीक्षा बोर्डले कार्यान्वयन गरेको छैन । राष्ट्रिय परीक्षा बोर्डले एसईईमा सहभागी हुन चाहने विद्यार्थीले १४ वर्ष उमेर पार गरेकै हुनुपर्ने व्यवस्थाको सफ्टवेयर नै प्रयोग गरेर काम गरिरहेको छ ।
सम्बन्धित समाचार
अभियोग पुष्टि हुने आधार नदेखिएपछि छुटे भट्टचन
राजनीतिमा प्रचण्ड चरित्र
मलेसियामा २ नेपाली युवायुवती सहित १२३ विदेशी कामदार पक्राउ
पोखराका पर्यटन व्यवसायी दवाडीको निधन
विद्यार्थीलाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याइने
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनवारे निर्णय नगरी सकियो
लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
तिहार र छठमा बस सेवावाट टिकट काट्ने ३० जनाले पाए चाँदीको बिस्कुट






