काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचन अगावै महाधिवेशन गर्न नहुने अडानमा रहेका नेताहरू विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि छलफलमा बोलाएका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार तथा विश्वप्रकाश शर्मासँग महाधिवेशन’bout छलफल हुन लागेपछि उनले नेताद्वय निधि र सिटौलालाई पनि बोलाएका हुन् ।
स्रोतका अनुसार सभापति देउवाले खड्का, थापा र शर्मासँग तय भएकै समयमा नेताद्वय निधि र सिटौलालाई छलफलका लागि महाराजगञ्जस्थित हाल बस्दै आएको निवासमा बोलाएका हुन् । सभापति देउवाले बोलाएपछि निधि र सिटौला संस्थापन पक्षीय नेताहरूको नयाँ बानेश्वरस्थित आनन्दभूभि इभेन्ट्समा जारी भेलाबाट बाहिरिएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनले बिहीबार पनि निधि र सिटौलासहितका पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग सामूहिक छलफल गरेका थिए । छलफलका क्रममा सभापति देउवाले आफ्नो नाम भजाइएको विषयमा असन्तुष्टि जनाएका थिए । पूर्वपदाधिकारीसहितका नेताहरूसँगको छलफलपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माको छलफल भएको थियो । छलफल बिना निष्कर्ष टुंगिएको थियो ।
काँग्रेसका संस्थापन पक्षीय नेताहरू छुट्टै छलफलमा
नेपाली काँग्रेसको संस्थापन पक्षीय नेताहरू महाधिवेशन’bout छलफल गर्न भेला भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरमा भेला भएका हुन् ।
नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय नेताहरू छलफलमा रहेका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले जानकारी दिए । भेलामा शीर्ष नेताहरूसहित ७० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ ।











