खेतमा काटेको धान रुङ्गन बसेका बृद्धको हात्तीले लियो ज्यान

सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका–५ पिप्रापूर्वमा बुधवार मध्यरात जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ ।

८ वर्षमा एक दर्जन बढीको मृत्यु, पीडीत भन्छन–सरकार केही उपाय गर्नू पर्‍यो ।

कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणले सोही वडा निवासी ६५ वर्षिय नारायण खङ्गको मृत्यु भएको हो । घर देखी करिब एक किलो मिटर टाढा रहेको खेतमा काटिएको धान रुङ्गन गएका बेला मध्यरातमा जंगली हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

हात्तीको आक्रमणबाट घट्नास्थल मै मृत्यु भएका खङ्गको शव पोष्टमार्टमका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिह अस्पताल ल्याइएको छ ।

घट्नापछि पिप्रापूर्व टोल र आसपासका स्थानीय त्रासमा छन । वस्ती आसपास जंगल भएकाले जंगली हात्तीको वासस्थल पनि बन्ने गरेकाले पटक–पटक आक्रमणमा पर्ने गरेको स्थानीय किशोर पासवानले बताए ।

कोशी टप्पु बन्यजन्त आरक्षबाट निस्कने जंगली हात्तीको आक्रमणबाट वर्षेणी २–३ जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन । हात्तीको आक्रमणबाट ८ वर्षको अवधीमा कंचनरुप नगरपालिका ५ की ४५ वर्षिया दुर्गी देवी यादव, हनुमाननगर कंकालिनी नगरपालिकाका ५५ वर्षिय रघुनाथ खङ्ग, ७० वर्षिय अलाउद्धिन खान, ६६ वर्षिय नारायण प्रमाणी, सप्तकोशी नगरपालिका १० की १३ वर्षिया संगिता कुमारी यादव, ६१ वर्षिय बिन्देश्वर चौधरी तथा सुरुङ्गा नगरपालिका ३ का ७० वर्षिय सीताराम लगायत गरी एक दर्जन बढीले ज्यान गुमाई सकेका छन ।

मृत्यु भएका सबैलाई हात्तीले कुल्चेर मारेको स्थानीयको भनाइ छ । हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका वासिन्दाले पटक–पटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापन पत्र बुझाए पनी ठोस पहल हुन न सकेको स्थानीयको गुनासो छ ।

स्थानीयवासी सत्यनारायण खङ्ग भन्छन–“गाउँ–घरमा हात्ती पसेको जानकारी गराएपछि प्रहरी आउने र हात्ती धपाउने बाहेक अन्य कुनै ठोस काम र उपाय गर्न सकिएको छैन ।”

२०६९ साल मै आरक्षको सीमालाई सोलार फेजिट गर्ने र सुरक्षाका लागी पूर्ण रुपमा घेरवार गर्ने आरक्ष प्रशासक, सुरक्षा निकाय तथा राजनीतिक दलका प्रतिनीधीहरुको उपस्थितीमा निर्णय गरिएको थियो । तर सो निर्णय हाल सम्म कार्यान्वयन नभएको हात्ती पीडितहरुको गुनासो छ ।

अर्ना मारेकोको अभियोगमा २ जना पक्राउ
जंगली अर्ना मारेको आरोपमा दुई जना यूवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कंचनरुप नगरपालिका ५ का १६ वर्षिय सुन्दर सरदार र उनका साथी शम्भुनाथ नगरपालिका ५ का १९ वर्षिय सागर सरदार छन् ।

जंगली अर्ना मारेको गोप्य सूचनाको आधारमा बुधबार साँझ पुगेको कोशी टप्पु बनयजन्तु आरक्षका कर्मचारी, सुरक्षाकर्मी र सेनाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनीहरु कंचनरुप नगरपालिकाको पिपराही वन क्षेत्र नजिकबाट पक्राउ परेका हुन् । आरक्षका बन्यजन्तु जोगाउन तथा चोरी सिकारी नियन्त्रण गर्न अहिले ती क्षेत्रमा निगरानी बढाइएको आरक्ष प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन