बुहारी अचार बनाउँछिन्, ससुरा बजार पुर्‍याउँछन्

साना उद्यमीका सुख
लमजुङ । बेरोजगारीले सताइएकी लमजुङकी एक महिला यतिबेला आफैं अचार उद्यमी बनेकी छन् ।

उनले उत्पादन गरेको अचार लमजुङका सहरबजारमा मात्र नभई तनहुँको जिल्ला सदरमुकाम दमौली, गण्डकी प्रदेशको पर्यटन नगरी पोखरा, संघीय राजधानी काठमाडौं तथा चितवनको नारायणगढ, भारतपुरसम्म पनि पुग्ने गरेको छ । विदेशमा जानेहरूले कोसेलीका रूपमा समेत त्यो अचार लग्ने गरेका छन् ।

उनी हुन्, लमजुङको मध्यनेपाल नगरपालिका–५ स्थित पराजुलीबेंसी गाउँ निवासी शोभा रानामगर । एक छोरा र दुई छोरीकी आमा उनलाई जब छोराछोरी स्कुल जानथाले त्यसपछि दिउँसो एक्लै समय बिताउनसमेत कठिन भयो र सोचिन् दुई–चार पैसा आम्दानी हुने काम गर्न पाए हुन्थ्यो । त्यसपछि उनले सिलाइकटाइको तालिम लिइन् । आफ्नै घरमा सिलाइ मेसिन राखेर सिलाइकटाइको काममा लागिन् ।

तर, त्यसबाट उनी सन्तुष्ट हुन सकिनन्, सोचेजस्तो आम्दानी पनि भएन । त्यसपछि उनले विकल्प सोच्न र खोज्न थालिन् । त्यहीक्रममा उनले छिमेकी गाउँ सोही नगरपालिका–४ को दुईपिप्लेमा रहेको सामुदायिक सिकाइ केन्द्रले अचारको तालिम दिन लागेको थाहा पाइन् । त्यहाँ सम्पर्क गरिन् ।

तीनदिने त्यो अचार बनाउने तालिमको समापनमा उनी राम्रोसँग सिक्ने टप तीन जनाभित्रै परिन् । समापनको समयमा तालिमको अनुभव’boutमा बोल्न लगाइयो । आफूले अनायासै ‘म अब अचार उद्योग सञ्चालन गर्छु,’ भनेको उनी सम्झिन्छिन् ।

आफूले बोलेपछि त्यो पूरा गर्नुपर्छ भन्ने सोच र स्वभावकी शोभालाई उद्योग दर्ता गर्नेलगायतका कार्यमा सिकाइ केन्द्रले सहजीकरण पनि गरिदियो । उनी तालिम दिन आएका प्रशिक्षकको सम्पर्कमा रहिन् । अचार बनाउने क्रममा केही द्विविधा हुँदा वा अप्ठेरो पर्दा उनले उनै प्रशिक्षकसँग राय सल्लाह मागेर काम गर्ने गरेको बताइन् ।

शोभा अहिले त्यो मगर गाउँको अगुवा महिलाका रूपमा समेत परिचित छन् । त्यसैले पनि उनलाई अचार बनाउने कच्चापदार्थ संकलन गर्न खासै कठिन भएको छैन । उनले सकेसम्म गाउँ’round नै उत्पादन हुने र सजिलै पाइने कच्चापदार्थ संकलन गरेर अचार बनाउने गरेको सुनाइन् । मौसमअनुसारको लप्सी, आँप, अमला, रूख कटहर, लसुन, टिमुरको छोप, बन्दा, काउली, अकबरे खुर्सानी, काँक्रो, करेला, मेथीको टुसा, मुला आदिको अचार बनाउने गरेको उनले बताइन् । ती सबैको सिंगल र मिक्स अचार बनाउने गरेको जानकारी उनले दिइन् ।

स्थानीय क्षेत्रमा अन्य उत्पादन कम भएका बेला मासुको अचार पनि बनाउने गरेको उनले सुनाइन् । पछिल्ला दिनमा मासुको अचारको माग बढिरहेको उनले बताइन् । आफ्नै घरमा उद्योग सञ्चालन गरेको हुँदा अन्य भाडामा उत्पादन गर्नेहरूको तुलनामा केही सस्तोमा आफूले अचार बिक्री गर्ने गरेको हुँदा पनि आफ्नोमा अचारको मागको चाप बढी भएको शोभाले गर्वका साथ बताइन् ।

उनलाई अचारका अन्य उत्पादकहरूले ‘किन सस्तोमा दिएकी ? भन्न आउने, फोन गरेर पनि सस्तोमा नबेच’समेत भन्ने गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘मेरो त आफ्नै घरमा उद्योग छ, भाडा तिर्नुपर्दैन, नाफामा पनि धेरै मार्जिन राखेकी छैन, त्यसैले घरैबाट बिक्री हुने र अर्डरको माग पूरा गर्न कठिन हुने गरेको छ ।’

अचार बनाउने उद्योगले शोभा मात्र नभई उनको घरका अन्य चार जनाले समेत काम पाएका छन् । सासूआमा, ससुराबा, छोराछोरीले काम गर्ने गर्छन् । अहिले वैदेशिक रोजगारीमा दुबई गएर बिदामा घर आएका श्रीमानले समेत उनलाई अचार बजारसम्म लग्ने काममा सघाउने गरेको शोभाले जानकारी दिइन् । त्यसबाहेक अचारको माग बढी आएका बेला दैनिक ज्यालादारीमा चार–पाँच जना गाउँलेलाई काम दिने गरेको समेत उनले बताइन् ।

उनले आफ्नो अचार उद्योगको नाम ‘लाफाको अचार’ राखेर घरेलु उद्योगको रूपमा दर्ता गराएको बताइन् । ‘लाफा’को अर्थ मगर भाषामा ‘साथी’ भन्ने हुन्छ । यो नाम राख्दा ‘साथी’ शब्दले बढी अपनत्व झल्कने, दिने र सहयोग गरौं भन्ने भावना जागृत हुनेहुँदा यो नाम राखेको शोभा बनाउँछिन् ।

उनले १ सय ग्रामदेखि २ सय ५० ग्राम, ३ सय ग्राम, धेरैजसो आधा किलोको र एक किलो तौलसम्मका अचार उत्पादन गर्ने गरेको बताइन् । उत्पादित अचार प्याक गर्ने प्लास्टिकको डिब्बा भने उनले पोखराबाट ल्याउने गरेकी छन् ।

आफूले उत्पादन गरेको अचार आफ्नै उद्योगको लोगो टाँस गरेर बजारमा पठाउनेगरेको समेत उनले गर्वका साथ बताइन् । उनी गर्वका साथ भन्छिन्, ‘मगरको छोरीले यत्तिको काम गर्न सक्नु पनि राम्रो हो भन्ने लाग्छ, अहिलेसम्म हाम्रो कुल, समाजमा यस’round लमजुङ, तनहुँ, कास्की क्षेत्रको ’round मगर समाजमा यस्तो काम गर्ने छोरीमान्छे मै हुँ ।’

शोभाको घर रहेको पराजुलीबेंसी गाउँ लमजुङ, तनहुँ र कास्कीको संगमस्थलका रूपमा परिचित छ । त्यसैले पनि आफूलाई अचारको बजारका लागि सहज भएको उनको बुझाइ छ ।

सय ग्रामको टिमुरको छोपलाई १ सय ५० रुपैयाँमा बिक्री गर्ने गरेको उनले सुनाइन् । अचार बनाउन तीन दिनको तयारी गर्नुपर्ने र एक साता राखेपछि खानलायकको हुने शोभाले बताइन् ।

‘पहिलो दिन मसला तयार गर्ने, दोस्रो दिन केको अचार बनाउने हो, त्यसलाई तयार गर्ने र तेस्रो दिन मसला र त्यो सामग्रीको मिश्रण तयार गरेर डिब्बामा राख्ने काम गर्नुपर्छ,’ उनले भनिन्, ‘प्रशिक्षणमा सिकाइएअनुसार तयारी अचारलाई १ वर्षको मिति राखेर बजारमा पठाउने गरेकी छु तर वर्ष दिन नाघेको अचार पनि राम्रो छ, बिग्रिएको छैन ।’

उनले बयरबाट बनाएको अचार १ वर्ष नाघेको, करिब ५ केजीजतिको बाँकी रहेको बताइन् । ‘अहिले त्यो १५ महिना जति भयो बनाएको, अब त्यो चाहिँ आफैंले प्रयोग गर्ने, पाहुनालाई उपहार दिने विचार गरेकी छु,’ शोभाले भनिन् ।

अचारको बजारको स्थितिका ’boutमा राखिएको जिज्ञासामा उनले आजसम्म त्यस्तो कुनै समस्या नभएको बताइन् । उनले गर्वका साथ सुनाइन्, ‘फेसबुक र टिकटकमा राखेको भरमा बिक्री हुने गरेको छ, अहिलेसम्म छुट्टै विज्ञापन गर्नुपरेको छैन, फेसबुक र टिकटक हेरेरै अर्डर आउँछ, त्यसकै भरमा केही दिनअघि मात्र १५ दिनको बीचमा ६० हजार रुपैयाँको अचार बिक्री गरें ।’

अधिकांश अचारको उत्पादन एक महिनाभन्दा बढी स्टक नरहने पनि उनले जानकारी दिइन् । शोभाका ६० वर्षीय ससुरा प्रेमबहादुर मगरले भने, ‘हामी केटाकेटी छँदा त अचार भनेको के हो भन्ने नै थाहा थिएन, खानुपर्छ भन्ने पनि थिएन, खाइन्नथ्यो पनि, अहिले त अचार नभई खाना नै रुच्दैन, बुहारी नानीले यो राम्रो काम सिकेकी छन् भन्ने लागेको छ ।’ हिजो आज त अरू काम छाडेर पनि बुहारीलाई यस काममा सहयोग गर्न मन लाग्ने गरेको उनले सुनाए । ‘नजिकको बजार, भार्लेटार, रामबजार, दुईपिप्ले, सोती पसलतिर त म आफैं अचारको डिब्बा पु¥याउन जान्छु,’ शोभाका ससुरा प्रेमबहादुरले भने ।

उनले सिद्रा माछाको समेत अचार बनाउने गरेकी रहिछन् । साथमा बंगुर, कुखुरा, खसीको मासुको समेत अचार बनाउने गरेको उनले जानकारी दिइन् । बजारमा प्रतिकिलो अन्य मासुको ९ सय र खसीको मासुको अचार १ हजार ४ सय रुपैयाँमा बिक्री हुने गरेको उनले बताइन् । उनले आफूले खसीको मासुको अचार प्रतिकिलो २ हजार १ सय रुपैयाँमै दिने गरेको पनि सुनाइन् ।

उनले आँप र लप्सीबाट तीन प्रकारका अचार बनाउने गरेको जानकारी दिइन् । गुलियो, अमिलो र माडा, लप्सीको माडा बनाउनका लागि कच्चा पदार्थको कमी भएको अनुभव गरेको उनले सुनाइन् । उनी भन्छिन्, ‘बजारमा पाइने अकबरे खुर्सानीलगायतको दाना सानो हुने गरेको हुँदा पनि पाएसम्म गाउँघरमै उत्पादन भएको किन्ने गरेकी छु ।’

लमजुङको दोर्दी गाउँपालिकामा गरिएको अकबरे खुर्सानीको व्यावसायिक खेती आफ्ना लागि कच्चा पदार्थको राम्रो स्रोत बनेको उनले बताइन् । शोभाले भनिन्, ‘अन्य सबै प्रकारका अचारको कच्चा वस्तु आजका दिनसम्म बाहिरका बजारबाट खरिद गर्नुपरेको छैन, गाउँ’roundबाटै धानिएको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

epaper

ताजा समाचार

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने