काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपीएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आईसीसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएपछि एनपीएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछ ।
‘लिस्ट ए टी–२०’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताए ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
सम्बन्धित समाचार
नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य, रोहितको शतक
राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा
मतदातासँग मत माग्दै गगन थापा
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू
लिग-२ क्रिकेट: नेपालद्वारा क्यानडा पराजित
कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित
विद्यालाई अघि सारेर राष्ट्रिय भेलामा जुट्यो एमाले
प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया






