सेनाका पूर्वरथी शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै शपथ लिने

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्ने भएका हुन् ।

स्रोतका अनुसार उनलाई आजै शपथ ग्रहण गराउने तयारी रहेको छ । उनी माओवादी शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए ।

शर्माले फोर्स कमाण्डरको रूपमा समेत काम गरिसकेका छन् । उनी राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेशनल डिफेन्स युनिभर्सिटी) को प्रमुखसमेत थिए । उनले कोभिड-१९ को समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सिसिएमसीको जिम्मेवारी पाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन