भूमिहीन किसानलाई जुहीको जग्गा

मुम्बई । अभिनेत्री जुही चावलाले फार्मका लागि तयार गरिएको आफ्नो खेत गरिब किसानलाई खेती गर्न दिएकी छन् ।

उनले मुम्बईबाट केही टाढा जैविक खेती गर्न ठूलो मात्रामा खेत खरिद गरेकी थिइन् । यसै वर्षबाट उनी जैविक खेतीको तयारीमा थिइन् । तर, भारतमा बढ्दो कोरोना संक्रमण र निरन्तर लकडाउनका कारण खेत बाँझै बस्ने अवस्था आयो । आफ्नो खेतका लागि राखिएको सबै मजदुर अनिश्चितकालका लागि गाउँ फर्किएपछि यी अभिनेत्रीलाई आफ्नो जग्गा भूमिहीन किसानका लागि दिएकी हुन् ।

आफ्नो जमिनमा पूर्ण रूपमा जैविक खेती गर्नुपर्ने यी अभिनेत्रीको सर्त थियो । सोही सर्तअनुसार किसानहरू खेती गर्न तयार भएपछि अभिनेत्री जुहीले सो खेती केही समयका लागि भूमिहीन किसानलाई प्रदान गरेकी छन् ।

उनले जैबिक रूपमा धान खेती गर्न किसानलाई प्रोत्साहित गरेकी छन् । खेतीका लागि आवश्यक बीउबिजन र जैविक मल किन्न उनले किसानहरूलाई आर्थिक सहयोग पनि प्रदान गरेकी छन् । खेती गरेबापतको उब्जनी पनि किसानहरूले नै लानेछन् ।

अभिनेत्री जुहीको भनाइमा लकडाउनका कारण किसानहरूले बाहिर गएर काम गर्न सकेका छैनन् । उनीहरूले आफ्नो क्षेत्रमा खेती गर्न जमिन पाएका छैनन् र आफूसँग जमिन पनि छैन । त्यसैले आफ्नो बाँझो जमिन दिएर उनीहरूलाई जैविक खेती गर्न प्रोत्साहन गरेको पनि उनको भनाइ छ । किसानहरूलाई जैविक खेती गर्ने तरिकासँगै माटोलाई राम्रो बनाउने ज्ञान भएको र आफ्नो उद्देश्य पनि अबका दिनमा जैविक खेती गर्ने नै रहेकाले यो कार्यबाट दुवैलाई फाइदा पुग्ने उनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 300 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन