काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमू ल्होछार’ मनाइरहेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेका स्वदेशका विभिन्न वस्तीहरु र विदेशमा समेत ल्होछार धुमधामका साथ मनाइदै छ। यो पर्वमा ग्रहशान्ति गर्ने आफ्नो मौलिक भेषाभुषा र संस्कृतीको प्रदर्शन गर्ने एक आपसमा शुभकामना आदन प्रदान गर्दे सहभोज गरेर यो पर्व मनाउने प्रचलन रहेको छ।
‘ल्हो’को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होछार’ भनिएको हो । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमू ल्होछार मनाइन्छ ।काठमाडौँ उपत्यका बसोवास गर्ने गुरुङ समुदायका व्यक्तिहरु आफ्नो मौलिक भेषभूषा र झाँकीसहित ल्होछार मनाउन टुँडिखेलमा भेला भएका छन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको किरण पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।















