भेडेटारमा फुड फेस्टिबल सुरु (फोटोफिचर)

धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने १३ औँ भेडेटार फुड फेस्टिबल सुरु भएको छ। होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो। फेस्टिबल उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री षदानन्द मण्डलले भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले भेडेटारको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकारले सहयोग गर्ने बताए।

उनले यस आर्थिक वर्षमा भेडेटारको विकासको लागि केही बजेट विनियोजन गरेको र भेडेटारको प्रवेशद्धारमा प्रदेशकै पर्यटकीयस्थलहरु फोटो सहितको गेट निर्माण गर्ने बताए। मन्त्री मण्डलले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनलाई लक्ष्यित गरेर कोशी प्रदेश पर्यटन वर्ष मनाइरहेको बताउँदै भेडेटारमा सुरु भएको फुड फेष्टिबलले पर्यटन वर्षलाई सहयोग पुग्ने अपेक्षा रहेको बताए।

भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो। भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुने गरेकाले अंग्रेजी नयाँ वर्षको अवसरमा फेष्टिबल आयोजना हुँदै आएको आयोजक समितिका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए। नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको हो।

धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो। तीन दिनसम्म हुने फेस्टिभलमा विभिन्न परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन, स्थानीय तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, मौलिक परम्परागत सांस्कृतिक झाँकी प्रदर्शनीका स्टल राखिएको छ। फेष्टिवलमा विभिन्न जातिय झाँकी प्रस्तुत गरिएको थियो भने फेष्टिवलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुने आयोजकको अपेक्षा रहेको छ। फेस्टिभलमा करिब दुई करोड ५० लाख बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको छ।

फेष्टिवलमा माउन्टेन बाइक, तमोर नदीमा ¥याफ्टिङको मज्जा लिन पाइने भएको छ। तीन दिन हुने फेष्टिवलमा आगन्तुकका लागि भेडेटार आसपासका १९ वटा पर्यटकीय स्थलमा घुम्ने व्यवस्था मिलाएको आयोजकले जनाएको छ। फेष्टिवलको अवसरमा भेडेटारको प्रचारमा सहयोग गरेको भन्दै धनकुटाका १ जना र सुनसरीका १ जना पत्रकारलाई नगद सहित सम्मान गरिएको छ।

समुन्द्री सतहदेखि १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य बन्ने गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले भेडेटारको नाम्जे बजारलाई १२ औं गन्तव्य मध्ये पाँचौ गन्तव्यमा राखेपछि यहाँको पर्यटकीय चर्चा चुलिएको थियो। फेष्टिवल भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्म आयोजना भएको आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द