राज्यप्रति उदासिन नागरिकलाई अन्ततः अयोग्यले शासन गर्छ ।
– ल्पेटो
हाम्रो देशको सन्दर्भमा राजनितिक नेतृत्वको योग्यता, क्षमता र कार्यशैलीले ल्पेटोको भनाईस“ग मेल खान्छ । एकातिर राजनीति केटाकेटी आए गुलेली खेलाए भनेजस्तो भइरहेको छ भने अर्कोतिर जनता सैयांैको संख्यामा रहेका राजनीतिक दलमा भागबण्डा भएको अवस्था छ । त्यसैले लोकतन्त्र विकासमा ठुलो चुनौती देखापरेको छ । समाजले राजनीतिक सिद्धान्त, निष्ठा र सामाजिक योगदानका आधारमा नेतत्व चयन होइन किजस्तो भए पनि आप्mनो दल र नेतालाई देवŒवकरण र मतदान अभ्यास भइरहेको छ । राजनीतिमा यस्तो कार्य दिशाविहीन अभ्यास हो । राजनितिक रूपमा देश अहिले दिशाविहीन भएको अवस्था देखिन्छ । यो दिशाविहीनताको आधार हुनुको पछाडि पुराना दलको असक्षमतालाई नै मुख्य कारण ठानिएको छ । यो भाष्य पूर्णरूपमा सत्य होइन । पुराना दलमा सबै नेता असक्षम छैनन् । सक्षम सत्तामा पुग्न नसक्ने दलीय संस्कृति छ । विशेषगरी, नेपाली कांग्रेस, एमाले र तत्कालीन माओवादीका शीर्षनेताको कार्यशैलीबाट जनतामा नैराश्यता उत्पन्न भएपछि जनताले वैकल्पिक राजनीतिक दल खोजी गरिरहेका छन् । जनताले ‘सौताको रिसले पोइको काखमा के जाति गर्ने ?’ भनेजस्तो नयाँका नाममा जस्तोलाई पनि मतदान गरे ।
प्रजातन्त्र पुनःस्थापना हुनुअघि नेता बन्नका लागि समाज सेवा, त्याग, तपस्या, बलिदान दिएका, जेलनेल भोगेका, विद्यार्थी जीवनमा संगठित राजनीतिक गरेका अनुभवी व्यक्ति एवं व्यक्तिŒव नेता हुने गर्दथे । तर, पछिल्लो समय युवाका नाममा सामाजिक अभियान्ता र व्यावसायिक दक्षता भएका व्यक्ति धमाधम नेता हुने गरेका छन् । यस कोणबाट हेर्दा राजनीति व्यक्तिगत तथा समूहगत फाइदाका लागि दृष्टिविहीन राजनीतिक अभ्यास भइरहेको देखिन्छ । अहिले पुराना राजनीतिक दल र जनताबीच दूरी फराकिलो बनाएर राजनीतिक कमजोर खेलाडीले ‘धमिलो पानीमा माछा मार्न’ कम्मर कसेर लागेको देखिन्छ । के राजनीति र देश विकास गर्ने काम त्यति सजिलो छ र ? पक्कै छैन । देश बनाउन देश काल, परिस्थिति, समाज बुझेको राजनीतिक सिद्धान्तनिष्ठ सच्चा देशभक्त राजनेता खाँचो हुन्छ । यसर्थ, हरेक दललाई भोट बाँडेर देशलाई दिशाविहीन बनाउने काममा मतदाता लाग्नुहुँदैन ।
राजनीतिक सिद्धान्तको अध्ययन, प्रजातन्त्र, लोकतन्त्र, परिपक्व सुझबुझ भएको वर्गमा देशका पुराना दलप्रति जति सामाजिक सञ्जालमा आलोचना गरेको सुनिन्छ, त्यो तहमा आव्रmोश भएको पाइँदैन । अवश्य पनि पुराना दलका शीर्ष नेतृत्वको दिशाविहीन गठबन्धन, सत्तामोह तथा कमी–कमजोरीप्रति असन्तोष छ । अहिले एकातिर सामाजिक सञ्जालको प्रतिक्रियामा विश्वास गर्ने मतदाताको संख्या ठुलो छ भने अर्कोतिर केही समयपछाडि निर्वाचन हुँदै छ ।
समाजमा राजनीतिप्रति उत्पन्न उदासिनताका कारण गलत राजनीतिक दल र नेताको उदय भएमा नेपालले युक्रेनले भोगिरहेको अवस्था आउनसक्ने राजनीतिक विश्लेषक बताउँछन् । अहिले लोकतान्त्रिक दल र जनताबीच असामान्य दूरी समाजका लागि राजनीतिक संकटमात्र होइन, सामाजिक निराशावाद, नैतिक तथा अन्यौलपूर्ण भविष्यको संकेत पनि हो । नेपाली समाजमा शैक्षिक जागरणभन्दा अगाडि सूचनात्मक राजनीतिक चेतना बढेको देखिन्छ । यसो हुनुको पछाडि हाम्रो शिक्षा प्रणालीले राजनीतिक रूपमा आलोचनात्मक चेतना भएका नागरिक उत्पादन गर्न सकेन । नागरिक शिक्षा अभावले समाजमा अधिकार र कर्तव्यबोध हुन सकेन । लोकतन्त्रमा पत्रकारितालाई चौथो अंग भनिन्छ । सामाजिक मेडिया सञ्चालकले सत्यतथ्यभन्दा सनसनीपूर्ण विषयवस्तुलाई प्राथमिकता दिएको पाइन्छ । जसले समाजलाई भ्रमित बनाएको छ । समाजलाई दिशाविहिन बनाएको छ । नेपाल भूराजनीतिक दृष्टिकोणबाट हेर्दा अत्यन्त संवेदनशील मुलुकका रूपमा रहेको जानकार बताउँछन् । पछिल्लो समय राजनीतिक दलका कतिपय नेतालाई अमुक देशको ‘एजेन्ट’ भनेर आलोचना हुने गरेको सुनिन्छ । पछिल्लो समय भएको जेनजी आन्दोलन पनि विदेशीको चाहनामा भएको हो भन्ने गरिन्छ । सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्नेको राजनीतिक चुरीफुरी व्यापक हुँदै गएको देखिन्छ । के राजनीतिमा सिद्धान्त, निष्ठा, देश विकासको मार्गचित्र केही चाहि“दैन र ?
त्यसो त, पुराना दलका त्याग गरेका नेताको नेतृत्वमा जनचाहानाअनुरुप देश विकास हुन सकेन । मुलुकमा ३५ वर्षको प्रजातान्त्रिककालमा धेरै सरकार बने । २०४६ सालको जनआन्दोलन पछाडि जनताले देशमा विकास र विधिको शासन स्थापना हुनेछ भन्नेमा ठुलो अपेक्षा राखेका थिए । ’cause विकासका लागि राजनीति गरेका त्यागी, संघर्षशील र सक्षम नेता नेपाली कांग्रेस र एमालेमा थिए । जेलनेल, संघर्ष र गरेका नेतामा देश निर्माण गर्ने दृढविश्वास देखिन्थ्यो । समय बढ्दै जाँदा लामो समय व्यवस्था परिवतर्न गर्न संघर्ष गरेका नेताले अवस्था परिवर्तन गर्न सकेनन् । जन चाहनामा तुषारापात भयो ।
देश बनाउने राजनेता अभावमा मुलुक थला परेको छ । देश विकासको प्रस्ट दृष्टिकोण नभएका नेता दलको आधिकारिक पद र देशको कार्यकारी पदमा पुग्ने गरेकाले हरेक क्षेत्र कमजोर भए । विद्वान पिटर ड्रकर भन्छन्, ‘काम ठीक भए पनि गलत दिशामा भएमा नेतृत्व असफल हुन्छ ।’ पिटरको भनाइ नेपाली राजनीतिमा चरितार्थ हुन्छ । लामो समयसम्म राज्यले देशको कृषि क्षेत्रमा आधुनिकीकरण गरेन । शिक्षालाइ रोजगारमूलक बनाएन । उद्योगीकरण दिशामा काम गरेन । बरु, युवा रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा जान बाध्य भए । फलत ः नेतृत्व’bout प्रश्न उठे । देश परनिर्भर बन्दै गयो । जाँन सि म्याक्वेल भन्छन्, ‘बाटो नचिन्ने, नहि“ड्ने र नदेखाउने व्यक्ति नेता हुन सक्दैन ।’
प्राथमिकताका आधारमा काम गर्न नसक्ने र भाषणमा रमाउने राजनीतिक दलको चरित्र नै असफलताको कडी हो । दृष्टि नभएको नेतृत्व सत्तामा हुन्छ तर इतिहासबाट हराउँछ भनिन्छ । राजनीतिक दलका नेता पटकपटक सत्तामा गएता पनि इतिहास बदल्ने काम गर्न सकेनन् । जनताका पीडा बुभ्mन नसक्ने, जनताका पक्षमा काम नगर्ने नेता देशको दुर्भाग्य हो । असफल नेतृत्वको सबैभन्दा ठुलो कमजोरी भनेको जनताको पीडाप्रति मौन हुनु हो । अहिले सहकारीपीडितको क्रन्दन छ । राज्यले सुन्दैन । संयुक्त राष्ट्र संघका पूर्वमहासचीव कोफी अन्नानले भ्रष्टाचारले सबैभन्दा बढी गरिबलाई चोट पु¥याउँछ भनेझैं देशमा हुने गरेका भ्रष्टाचार र अनियमितताले सम्पन्न वर्गभन्दा गरिबीको रेखामुनि बाँच्न बाध्य भएको विपन्न वर्गमा सबैभन्दा बढी चोट पु¥याएको छ । भ्रष्टाचारका कारण देशमा विकास हुन सकेन । विकासबिना रोजगारीको अवसर सम्भव भएन । जसलाई रोजगारी चाहिने हो, त्यही वर्ग बेरोजगार भयो । भ्रष्टाचारीले समाजलाई तड्पाए । जनताले नेतृत्वप्रति गरेको विश्वासमा डढेलो लगाए । पटकपटक निर्वाचित गरेका नेताबाट जनताप्रति विश्वास घात गरियो । फलतः देश राजनीतिक रूपमा दिशाविहीन अवस्थाबाट गुज्रन बाध्य भएको छ ।
राष्ट्रको पतन वा प्रगति सत्तामा पुग्ने नेतृत्वको योग्यता र जनताको सामाजिक चेतनाले निर्धारण गर्दछ । दृष्टिविहीन नेतृत्व जनताको मतबाट जन्मने हो । राजनीतिमा इमानदारिता, नैतिकता र दुरदृष्टि भएन भने देश उभो लाग्न सक्दैन । समाजले दुःख पाउँछ । एमिल दुर्खाइमले भनेझैं ‘जब मूल्य र मान्यता अष्पष्ट हुन्छन्, तब समाज एनोमी अर्थात् दिशाहीन अवस्थातर्फ डोरिन्छ । वर्तमान नेपाली समाजको अवस्था यस्तै देखिन्छ ।
आगमी २१ फागुनमा हुने आमनिर्वाचनमा मतदाताले अघिल्ला निर्वाचनमा जस्तै सबै राजनीतिक दललाई मतपत्रको भाग पु¥याइदिए भने फेरि पनि राजनीतिक अस्थिरता र अन्यौल हुने छ । यसर्थ, पुराना र नयाँ दलका नारा मतदानको मानदण्ड बनाउनु हुँदैन ।
(लेखकको यो निजी विचार हो ।)






