राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ साह टोलमा अवस्थित रामफल साह र कपुर देवी साह दम्पतिको घर र टोलमा अहिले खुशियाली छाएको छ ।
कार्यस्थलमा सुरुङ्गभित्र छिरेका बेला आएको भिषण बाढीले मृत्यू भएको हुन सक्ने आशंका गरिएका ३२ बर्षीय छोरा सञ्जय साह एक्कासी १० दिनपछि जिवितै उद्धार गरिएको खवर शुक्रबार विहान १० बजेतिर प्राप्त भएपछि उनको घर र टोलमा खुशीयाली छाएको हो ।
सुरुङ्गभित्र मरेको हुन सक्ने आशंका गरिएका छोरा जिवितै रहेको खवरले परिवारमा खुशीयाली
रोजगारीको शिलशिलामा सञ्जय तीन बर्ष अघि रसुवा पुगेका थिए । उनी रसुवा स्थित त्रिसुली थ्री ए जलविद्युत आयोजनामा मेकानिकल फोरम्यान पदमा कार्यरत छन । भदौ १० गते भोटेकोशी नदीमा आएको भिषण बाढीका क्रममा उनी कार्यस्थल सुरुङ्ग भित्र फँसेका थिए ।
शुक्रबार विहान नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विज्ञहरुको संयुक्त टोलीले सञ्जयको जिवितै उद्धार गरेको थियो । उनी संगै काठमाडौं बालकुमारीका ४० बर्षीय कबीर महर्जनको पनि जिवितै उद्धार गरिएको छ । दुबै जनाको अहिले काठमाडौं स्थित विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विगत १० दिन देखि खोजी गर्दापनि नभेटिए पछि अप्रिय घट्ना भएको हुन सक्ने अनुमान लगाइएको आमा कपुरले सुनाईन् । “निराश भइसकेका परिवारका लागि सरकार र सुरक्षा निकाय आशा मात्र पुरा गरेनन्, खुशीको बर्षा नै गरे, उनले भनिन्– भगवान श्री कृष्ण जन्मेको दिन मेरो छोराले पुनर्जन्म प्राप्त गरेका छन्”
सञ्जयका भाई संजीवले भाद्र १० गते विहान ७ ः४५ बजेतिर दाजुसँग अन्तिम पटक मोवाईलमा कुरा भएको सुनाए । “सुरुङ्गभित्र छिर्न लागेका बेला त्यहाँका केही दृश्यहरु हामीलाई देखाएको १०÷१५ सेकेण्ड नबित्दै स्वीच अफ भयो” उनले भने ।
सोही दिन १० बजेतिर भोटेकोशी नदीको भिषण बाढीले रसुवा र आसपास क्षेत्रमा ठूलो जनधनको क्षति भएको खवर आएपछि घर परिवारमा खैलाबैला मचेको उनले सुनाए । उनले दाजु सञ्जय धार्मिक प्रवृत्तीको मान्छे भएको र सो दिन सुरुङ्गमा फँसे देखि लगातार १० दिन सम्म श्रीमद् भागवत गीता पाठ बाचन गर्ने गरेको शुक्रबार आफूलाई अस्पतालबाट भएको फोन सम्पर्कमा सुनाएको बताए ।
सानी आमा पुनमले शुक्रबार बिहान १० बजे सामाजिक सञ्जाल मार्फत सञ्जयको सँकुशल उद्धार गरिएको खवर आएपछि अहिले आफन्तजन तथा इष्टमित्रबाट बधाईको ओइरो लाग्न थालेको सुनाईन । “यतिबेला खुशी थामी नसक्नु भएको छ, उनले भनिन्–सबैको प्रयास र भगवानको आशिर्वादले सञ्जयले नयाँ जिवन पाएको छ ।
यता सञ्जयलाई उद्धारपछि उपचारका लागि काठमाडौ लगिएको खवर आएपछि शुक्रबार नै बुआ रामफल, श्रीमति लक्ष्मी र दुई बर्षीया छोरी सुन्दिरा काठमाडौं तर्फ लागेको परिवारजनले जनाएको छ ।
सम्बन्धित समाचार
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो
सूचना आदान गर्न विशेष टोली गर्न नेपाल भारतबीच सहमति
नागरिकका सन्तुष्टि अभिवृद्धिका लागि सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना कार्यान्वयन गर्न पत्राचार
बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
कल्याण ज्वेलर्सले भारत र नेपालको सम्बन्धलाई सुदृढ बनाएको छ : भारतीय विधायक गुप्ता
देउवा र खडकाको पुरक निवेदन दर्ता, ११ गते तोकियो पेशी
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु






