नेपाल सौर्य विद्युत उत्पादक संघको अध्यक्षमा मल्ल निर्वाचित

काठमाडौं । नेपाल सौर्य उर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको २५औं वार्षिक साधारणसभा एवं निर्वाचनबाट आगामी नयाँ अध्यक्षमा मल्ल निर्वाचित भएका हुन् । सो निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी उम्मेदवार हरिनारायण गौतमलाई पराजित गरी मल्ल अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा दिपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्धितीय उपाध्यक्षमा सुदर्शन बानियाँ र महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन् ।

यसैगरी, संघको कार्यसमिति सदस्यहरूमा राजेन्द्रबहादुर खड्का, निस्था गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दिपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत सुबोध रिमाल बिजयी भएका छन् ।
नवनिर्वाचित अध्यक्ष मल्लले नेपालको सौर्य उर्जाको विकासका लागि सबैलाई समेटेर अगाडि बढ्ने बताए । उनले मुलुकको प्रमुख राजमार्गमा सोलार बत्ती जडान, सोलार विद्युत् उत्पादन लगायतमा आफु निरन्तर लाग्ने प्रतिवद्धता जनाए ।

संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिपक गौतमले अब सबै व्यवसायीलाई एकजुट गराई मुलुकको सौर्य उर्जा क्षेत्रको प्रवर्धनकालागि अघिबढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले निर्वाचन प्रक्रियामा गएपछि एउटा पक्षको जित र अर्को पक्षको हार स्वभाविक भएकाले यस निर्वाचनपछि सबै व्यवसायी एकजुट भई आफ्ना विविध समस्या समाधान र व्यावसायीक सुरक्षामा मिलेर अघिबढ्नुपर्ने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष गौतमले जानकारी गराए अनुसार मुलुकको दुर्गम क्षेत्रमा केन्द्रीय विद्युत्को पहुँच नपुगेको विषम परिस्थिीतीमा समेत सौर्य विद्युत् उत्पादक संघको पहलमा दुरदराजका कुना कुनामा सौर्य उर्जामार्फत विद्युतीकरण गरिएको थियो । आगामी दिनमा पनि यस संघले थप प्रवर्धनात्मक काम गर्दै अघि बढ्ने लक्ष्य लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 517 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती