सुप्रिया मिस तामाङ पोखरा

पोखरा । पोखराकी सुप्रिया गोले तामाङ १० औं संस्करणको मिस तामाङ पोखरा घोषित भएकी छन् ।

बैदाम तामाङ सेवा समाजले आयोजना गरेको उक्त ब्युटी पेजेन्टमा अन्य ७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित १ लाख नगदसहित ताज, ट्रफी, प्रमाणपत्र हात पारिन् । उनले मिस कन्फिडेन्टको सवटाइटलसमेत जितेकी हुन् ।

प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले उत्कृष्ट ५ जनालाई तामाङ समुदाय संस्कार संस्कृतिसम्बन्धी अन्तिम प्रश्न गरेका थिए । जसमा सुप्रियाले सर्वोत्कृष्ट उत्तर दिएको निर्णायकमण्डलले जनाएको छ ।

यसैगरी, मिस व्युटी विथ पर्पाेजसहित फस्र्ट रनरअप सोममाया तामाङ बनिन् । सेकेण्ड रनर अप सोनी तामाङ भइन् ।

सोनीले मिस वेस्ट वकको उपाधिसमेत जितिन् । कविना घिसिङ तामाङ मिस पङ्चुअलसहित भ्यूअर्स च्वाइसमा परिन् । माया लामा मिस कल्चरसँगै पपुलर अवार्ड हात पारिन् ।

फस्ट रनरअपले ५० हजार, सेकेण्ड रनरअपले ३० हजार भ्युवर्स च्वाइस र मिस पपुलरका विजेताले २० हजार पुरस्कार प्राप्त गरेका थिए ।

खुसी तामाङ मिस ट्यालेन्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनेको आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै उज्यालो नेपाल पार्टीका नेता एवं पूर्व मन्त्री कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन, पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणमा महत्वपूर्ण टेवा मिल्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा