देशव्यापी सांगीतिक यात्रामा ‘कुमारी’ टिम

काठमाडौं । यही आउँदो २३ मा रिलिज हुने नेपाली चलचित्र नेपाली चलचित्र ‘कुमारी’को टिम यति बेला देशव्यापी सांगीतिक यात्रामा छ । नेपालगन्जबाट सुरु भएको यो चलचित्रको देशव्यापी सांगीतिक यात्राको दोस्रो प्रस्तुति पोखरामा शनिवार बेलुका सम्पन्न भएको छ ।

दिनेश राउत निर्देशित यो चलचित्र विनिश इन्टरटेन्मेन्टको ब्यानर तयार गरिएको छ । महेन्द्र अधिकारीद्वारा निर्मित यो चलचित्रको टोलीले अब ६ माघमा चितवन, १० माघमा काठमाडौँ र १७ माघमा झापाको दमकमा कन्सर्ट गर्ने छ ।

पोखरामा शनिबार अबेर साँझ सम्पन्न कन्सर्टमा करिब ७ हजार दर्शक थिए । पोखराको कन्सर्टमा करिब डेढ घण्टा दर्शकहरूले मनोरञ्जन लिएको निर्माण पक्षले राजधानीलाई जनाएको छ ।

पोखराको हलन चोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’मा अबेर साँझसम्म पनि दर्शकहरू रमाएका थिए । कन्सर्टमा चलचित्रका प्रमुख कलाकारहरू अभिषेक खड्का र आकृति राज भण्डारीसँगै केहरको टिम मञ्चमा उत्रिएको थियो । उनीहरूले चलचित्रको चर्चामा रहेको गीत ‘डोको बुन्ने निगालो चोयाले’ गायनसँगै प्रत्यक्ष नृत्य प्रस्तुत गरेका थिए ।

पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ का सदस्यहरूले यो चलचित्रको गीतहरू ‘डोको बुन्ने…’,सँगै ‘कता छौ मेरो फूल…’ र ‘तिमी बिना…’ सहित आफ्ना चर्चित गीतहरू ‘सरर’ र ‘बैगुनी’ लगायत प्रस्तुत गरेका थिए । चलचित्रका सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतिमा पोखरेली दर्शकहरू मज्जाले झुमे ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक