सप्तरीका कोरोना संक्रमित दश दिन अघि भारतबाट आएका थिए

सप्तरी, राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सोमबार कोरोना संक्रमण पुष्टी भएका दुई पुरुष मजदुरी पेशामा संलग्न रहेको खुलेको छ ।

भारतमा मजदुरी पेसामा सलग्न डाक्नेश्वरी नगरपालिका ४ का २२ बर्षिय र वडा नं. ८ का ३५ बर्षिय पुरुष दुवै जना गत जेठ २ गते भारतबाट घर फर्केका थिए । सँगै आएका दुवैजनालाई सोहि दिन नगरपालिका स्थित क्वारेन्टाईनमा राखिएको थियो ।
३ दिन अघि दुवै जनाको स्वाव संकलन गरी परिक्षणका लागि धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । सोमबार विहान प्राप्त रिपोर्टले दुवैको कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाको क्वारेन्टाईनबाट ल्याई गजेन्द्र नारायण सिंह अस्पतालको आईसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

यो सँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ पुगेको छ । यस अघि बैशाख २९ गते सोही नगरपालिकाको वडा नं. ३ का १८ बर्षिय पुरुष र जेठ ९ गते बलान विहुल गाउँपालिकाका ३५ बर्षिय पुरुषमा कोरोना पोेजेटिभ देखिएको थियो ।

चारै जना संक्रमितको आईसोलेसनमा राखि उपचार भईरहेको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमन लाल दासले बताए । सिमा क्षेत्रमा अलपत्र परेका नागरिकहरुलाई सरकारले घर आउन छुट दिएपछि भारतबाट दिनहु दर्जनौ व्यक्ति जिल्ला प्रवेश गरिरहेको छन् ।

मुख्य नाकाहरुबाट आउनेलाई सोझै क्वारेन्टाईनमा पठाईने गरिएको छ । तर चोरबाटोबाट लुकिछिपि आउनेहरु लुकेर घरमा बस्ने र त्यस्ता व्यक्तिका कारण कोरोनाको जोखिम झनै बढाएको जिल्ला स्वास्थ्य प्रमुख यादवको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

अतिक्रमणको चपेटामा पोखरी र इनारले भरिभराऊ गाउँ