नेपाल र साउदी सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र साउदी अरब सरकार बीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले साउदी अरबको रियादमा श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

श्रमिकको हित सुनिश्चित गर्ने अपेक्षा

सम्झौतामा नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन् ।

द्धिपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गर्नु पूर्व दुबै देशका श्रम मन्त्री बीच द्धिपक्षीय बैठक भएको थियो । सो क्रममा मन्त्री भण्डारीले यो सम्झौताले नेपाल–साउदी अरबबीच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे ।

साथै सम्झौता नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित र लागत–प्रभावकारी बनाउन एक महत्वपूर्ण दस्तावेज हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरे । यसबाट साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको हकहीतको रक्षा र रोजगारको सुरक्षा हुने अपेक्षा रहेको उनले बताए ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणका विषयहरूलाई प्राथमिकताका साथ समेटिएको छ ।

सम्झौताले दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने अपेक्षा गरिएको छ । यसबाट साउदी अरबमा कार्यरत तथा भविष्यमा यहाँ आउने नेपाली श्रमिकहरूको सेवा सुविधामा सुरक्षा र स्थायित्व आउने विश्वास लिइएको रियाद स्थित नेपाली दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

epaper

ताजा समाचार

बालेनको चुनावी प्रचारमा अछाममा बेहोस भई ढलेका पत्रकार सिटौलाको निधन