राजविराज । प्रतिनिधी सभासदस्यका लागी प्रत्यक्ष तर्फ सप्तरीमा २० महिला चुनावी प्रतिस्पर्धामा होमिएका छन । ४ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिस्पर्धामा रहेका कुल १ सय २ उम्मेदवार मध्ये २० जना महिला उम्मेदवार चुनावी मैदानमा ओर्लिएका हुन । चुनावी मैदानमा उत्रिएकी २० मध्ये सातजना विभिन्न राजनीतिक दलबाट तथा १३ जना स्वतन्त्र उम्मेदवार हुन् ।
क्षेत्र नं.३ मा कुनै पनि दलले महिलालाई टिकट न दिदा ४ जना स्वतन्त्र उम्मेदवार
क्षेत्र नं.१ मा रास्वपाबाट पुस्पा चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट टिका लक्ष्मी चौधरी, स्वतन्त्र उम्मेदवारको रुपमा राम कुमारी खङ्ग, रिजवाना खातुन र उम्दा देवी सदा प्रतिस्पर्धामा उत्रेकी छिन ।
क्षेत्र नं. २ मा नेपाल जनता पार्टीका तर्फबाट पूर्व साँसद रञ्जु कुमारी ठाकुर, नेमकिपाबाट निलम कुमारी यादव तथा स्वतन्त्र उम्मेदवारको रुपमा क्रमशः बिन्दु कुमारी चौधरी अम्बिका देवी साफी, शुशिला कुमारी साह र साधना दास चुनावी मैदानमा छिन ।
क्षेत्र नंं ३ मा कुनै पनि दलबाट महिला उम्मेदवार उभ्याइएको छैन । यद्यपी यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारको रुपमा कोशल कुमारी चौधरी, रजीया देवी सदा, सरिता कुमारी यादव र कोशिला देवी पासवान गरी ४ जना महिला चुनावी प्रतिस्पर्धा होमिएकी छिन ।
क्षेत्र नं. ४ मा आजपाबाट अनिता कुमारी चौधरी, जसपा नेपालबाट डा.बबि सिंह यादव, नेकपाबाट मधेश प्रदेशका पूर्व गृह सञ्चार राज्यमन्त्री रुबी कर्ण तथा स्वतन्त्र उम्मेदवारको रुपमा प्रेम कुमारी महरा चुनावी मैदानमा प्रतिस्पर्धा गर्दैछिन ।
सबै उम्मेदवारले प्रतिस्पर्धा जोसंग भएपनि आफु जित्नेमा विश्वस्त रहेको बताउदै आएकी छिन । अघिल्लो निर्वाचनमा सप्तरी क्षेत्र नं. १ बाट जसपा नेपालका नवल किशोर साह, क्षेत्र नं. २ बाट जनमतका डा सिके राउत, क्षेत्र नं ३ र ४ बाट काँग्रेसका क्रमशः दिनेश कुमार यादव र तेजुलाल चौधरी गरी चारै जना पुरुष उम्मेदवारले चुनाव जितेका थिए । तर यस पल्ट मतदाताले आफुहरुलाई सहयोग गर्ने सबै महिला उम्मेदवारको दाबी छ । सप्तरीमा चार वटै क्षेत्रमा गरी कुल ४ लाख ४६ हजार ४ सय २ मतदाता छन । जस मध्ये महिला मतदाताको संख्या २ लाख १३ हजार २ सय ८३ रहेको छ ।
सम्बन्धित समाचार
फुटपछिको कांग्रेसः शेरबहादुरका ६ विकल्प, गगनका ५ अवसर
‘म्यान्डेट’ नसकिँदै माथिल्लो पद ताक्दै ‘लोभी नेता’
कांग्रेसको आधिकारिकता विवाद न्यायाधीश पोखरलेको इजलासमा
रविविरुद्धका मुद्दा फिर्ता लिने निर्णयमा कारण देखाऊ आदेश जारी
परिस्कृत काँग्रेसमार्फत् समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध: गगन थापा
जेनजी आन्दोलनको प्रभावः पुराना र अनुभवी नेता ‘कमान्डर’मै सीमित
सभापति थापालाई कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने
कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने






