काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुन–चाँदीको भाउ बढेको छ ।
हिजो बिहीबार प्रतितोला नौ हजार ३०० रूपैयाँ बढेको सुनको भाउ आज तीन हजार ३०० रूपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज असली चाँदीको मूल्य प्रतितोला चार हजार ९८५ रुपैयाँ निर्धारण भएको छ । हिजो असली चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४०.१८ र चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)
सम्बन्धित समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रम : २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँको बम्पर पुरस्कार
पाइपलाइनबाट डिजेल, पेट्रोल आउन थालेपछि चोरीको निसाना ‘हवाइ इन्धन’
फेसबुक, टिकटक र युट्युबको आम्दानीमा ५ प्रतिशत कर
‘मिनी संसद’मा पोशाक खरिद घोटाला प्रकरणले बबण्डर
मन्त्री स्टन्टमा व्यस्त, जनताको याचना– सरकार ! ग्यास देऊ
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, लक्ष्यभन्दा बढीले अवलोकन गरिसकेको दाबी
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?
दिनहुँ बढ्दै अमेरिकी डलरको मूल्य






