कोशीमा हाम्फाल्नुअघि राजेशको फेसबुकमा यस्तो थियो स्टाटस

इटहरी । बराहक्षेत्र नगरपालिका र बेलाका नगरपालिकाको सिमानामा पर्ने कोशीपुलबाट हाम्फालेर एकजना युवा बेपत्ता भएका छन् ।

इटहरी १ का राजेश बानियाँले मंगलबार साँझ सप्तकोशीमा हामफालेका हुन् । कोशीमा हाम्फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन्, ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आशा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।’

कोशी पुलमाथि आफूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाइक र बाइकको बिल बुक राखेर कोशीमा हाम्फालेको स्थानीयले बताए । हामफाले लगत्तै सशस्त्र प्रहरी चतरा ईलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको मृत्यु