निवर्तमान कांग्रेस सांसद टोली संसद् पुनःस्थापना सम्बन्धी रिटमा चुनावअघि फैसलाको माग गर्दै सर्वोच्च जाने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदको टोली संसद् पुनःस्थापना सम्बन्धी रिटमा चुनावअघि फैसलाको माग गर्दै बिहीबार सर्वोच्च अदालत जाने भएको छ।

जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते संसद् विघटन गरेका थिए। त्यससँगै सरकारको सिफारिसमा आगामी फागुन २१ गते निर्वाचन तोकिएको थियो।

त्यसका विरुद्ध गत मंसिर २३ गते प्रतिनिधि सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वका निवर्तमान सांसदहरूले सर्वोच्च अदालत रिट दायर गरेका थिए। अहिलेसम्म त्यसको सुनुवाई नभएपछि डेलिगेसन लिएर बिहीबार सर्वोच्च अदालत जान लागेको घिमिरेले बताए।

‘प्रतिनिधि सभाको चुनाव नजिकिएको छ। अहिलेसम्म अन्तिम सुनुवाईको टुंगो लागेको छैन,’ घिमिरेले भने, ‘हाम्रो पक्ष वा विपक्षमा फैसला भए पनि चुनाव अघि रिटको टुंगो लगाउनुपर्छ।’

संविधानको ब्याख्या गर्ने सर्वोच्च अदालतको पनि दायित्व भएको उनको भनाइ छ। त्यस’bout ध्यानकर्षण गर्न रिट दायर गरेका सबै निवर्तमान सांसदलाई डेलिगेसनका लागि बोलाएको घिमिरेले जानकारी दिए। बिहीबार बिहान ११ बजे सर्वोच्च अदालत जाने उनले बताए।

प्रतिनिधि सभा पुनःस्थापनाका लागि रिट पेश गर्नुहुने नेपाली कांग्रेसका माननीय सदस्यहरुको डिलेकेशन टोली भोली मिति २०८२ माघ १५ गते बिहान १०ः३० बजेट सर्वोच्च अदालतमा जानु हुने कार्यक्रम रहेको छ ।

कांग्रेसका निवर्तमान सांसदको टोलीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई भेटेर ध्यानाकर्षण गराउने उनले बताए। प्रधानन्यायाधीश राउतसँग बिहीबार भेटका लागि समय मागी सकेको उनको भनाइ छ।

संसद् पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) र कानुन व्यवसायीले पनि रिट दायर गरेका थिए। सबै रिट एकै ठाउँमा राखेर सर्वोच्चले गत पुस २ मा प्रारम्भिक सुनुवाइ गरी विपक्षीसँग १५ दिनभित्र लिखित जवाफ बुझाउन भनेको थियो। सर्वोच्चले यस मुद्दामा माघ २० गते साधारण तारेख तोकेको छ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल