साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै

पोखरा । दक्षिण एशियाली खेलकुद महासंघ (साफ) यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत यही १७ देखि २४ माघसम्म पोखरा रंगशालामा खेल हुने भएको छ । राजधानी काठमाडौंबाहिर पहिलोपल्ट पोखरामा उक्त प्रतियोगिता हुन लागेको हो ।

पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानको सहभागिता रहने जनाए ।

उनका अनुसार बिहीबार रातिसम्म खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापक लगायतको टोली आइपुग्नेछ । सहभागी टोलीका लागि पोखरा लामाचौरस्थित गोस्तेघाट खेलमैदानमा प्रशिक्षणमा व्यवस्था मिलाइएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासंघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले २४ माघमा फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए ।

कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माणलगायत कार्य सम्पन्न भएको बताए ।

दर्शकले खेल हेर्न सामान्यतर्फ २ सय र भिआइपीतर्फ ५ सयको टिकट काट्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

साफ यू–१९ महिला च्याम्पियनसिप हुँदै