गुल्मीमा जेन्जी आन्दोलनबाट फरार प्रतिबादी पक्राउ

गुल्मी । जेन्जी आन्दोलनबाट फरार भएका प्रतिबादी गुल्मीबाट पक्राउ परेका छन् । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनमा काठमाडौंको जगनाथ देवल काराकारबाट भागेका गुल्मी छत्रकोटका ६५ बर्षिय मानबहादुर सर्तुङ्गेलाई आइतबार गुल्मी प्रहरीले पक्राउ गरेको हो ।

उनी जबरजस्ती करणी मुद्धामा पक्राउ परेका थिए । उनलाई आइतबार नै जिल्ला कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नारायण अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

दैलेख २ मा दिक्पाल–लक्ष्मी फेरि आमने सामने