मकवानपुर । बागमती प्रदेश प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुर जिल्लाको उत्तरी भेगमा अवैध रूपमा गरिएको अफिम र गाँजा खेती फडानी गरी नष्ट गरेको छ।
कैलाश गाउँपालिका वडा नम्बर १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा गरिएको कारबाहीका क्रममा करिब २ बिगहा क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा तथा १२ बिगहा क्षेत्रफलमा लगाइएको अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार लागूऔषध नियन्त्रण तथा अवैध खेती न्यूनीकरण गर्ने उद्देश्यले नियमित निगरानी र विशेष अभियान सञ्चालन गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)
सम्बन्धित समाचार
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु
कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण
‘रजत महोत्सव’ मनाउँदै सशस्त्र प्रहरी बल नेपाल
निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता सहितको सुरक्षा व्यवस्था
उत्तरी गोरखामा हिमपात
स्याङ्जामा बैंक सुरक्षा गार्डमाथि चक्कु प्रहार
प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन
अवरुद्ध कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु






