स्याङ्जामा बैंक सुरक्षा गार्डमाथि चक्कु प्रहार

काठमाडौं । स्याङ्जामा एक जना बैंक सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको छ। मंगलबार (माघ १३ गते) विहान विरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंक लिमिटेडका सुरक्षा गार्डमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

चक्कु प्रहार गर्ने विरूवा गाउँपालिका–१ का ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विरूवा बजारबाट आज (बुधबार) पक्राउ परेका उनीविरुद्ध ज्यान मार्ने उद्योगमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनकोम्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 112 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ