भद्रपुरमा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप आयोजना हुँदै

झापा । भद्रपुरस्थित मेची क्याम्पसको खेल मैदानमा यही माघ २१ देखि २९ गतेसम्म ‘कोशी पाथीभरा इण्डो–नेपाल टी–२० च्याम्पियनसिप कप’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहनेछ । क्रिकेट प्रतियोगिताको तयारी’bout जानकारी दिन आज आयोजित पत्रकार भेटघाटमा आयोजक समितिका संयोजक मनोज सुब्बाले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी नेपली टिमहरुमा आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौँ र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहने छ ।

यसैगरी भारतीय टिमहरुमा राइनो ल्याण्ड क्रिकेट एकेडेमी आसाम (गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब लखनउ, क्रिकेट कोचिङ्ग उपाध्याय एकादमी न्यू दिल्ली तथा स्नो लायन टिम अफ सिक्किमको सहभागिता रहने संयोजक सुब्बाले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद रु पाँच लाख र उपविजेताले नगद रु तीन लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् । हरेक खेलको ‘प्लेयर अफ दि म्याच’लाई नगद रु ११ हजार प्रदान गरिने र उत्कृष्ट ब्याटर तथा बलरलाई जनही नगद रु २५ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

आठ टिमलाई दुई समूहमा विभाजन गरी लिग ढाँचामा प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगिता आयोजना गर्न करिब रु एक करोड २२ लाख खर्च हुने अनुमान गरिएको छ । उक्त खर्च स्थानीय व्यवसायी, दाता तथा भद्रपुर नगरपालिकाको सहयोगमा व्यवस्थापन गरिने संयोजक सुब्बाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ