गोंगबुमा रेणुको ‘जे एन्ड जे युनिसेक्स सलुन’ शुभारम्भ

काठमाडौं । अग्रज ब्युटिसियन रेणु पुन मगर (जमुना)ले काठमाडौँको गोंगबु (टोखा रोड) क्षेत्रमा नया सलुन ‘जे एन्ड जे युनिसेक्स सलुन’ सुरु गरेकी छिन् । नारी र पुरुष दुवैको लागि लक्षित गरेर यो सलुन आफूले सञ्चालनमा ल्याएको रेणुले बुधवार सलुन उद्घाटन समारोहमा बताइन् । गुल्मीबाट ब्युटिपर्लर सेवा सुरु गरेकी ब्युटिसियन रेणुले लामो संघर्षपछि आफू काठमाडौँमा यो सलुन खोल्न सफल भएको बताइन् ।

अग्रज ब्युटिसियन कमला श्रेष्ठ, अभिनेता धिरेन शाक्य, गायक निर्णय एच के र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले बुधवार संयुक्त रूपमा रिबन काटेर यो सलुनको उद्घाटन गरे ।

अग्रज ब्युटिसियन कमला श्रेष्ठले १६ वर्ष अघि आफूसँग ब्युटिसियन सम्बन्धि सिप सिकेर यो पेसामा लागेकी रेणुले आज भव्य सलुन खोलेको भन्दै खुसी व्यक्त गरिन् । गोंगवु क्षेत्रमा यसले उत्कृष्ट सेवा दिने विश्वास उनले व्यक्त गरिन् ।

अभिनेता धिरेन शाक्यले आफू सौन्दर्य प्रति निकै सजक भएका र युनिसेक्स पार्लरमा सुन्दरताको लागि जाने गरेको बताए । उनले आधुनिक सेवायुक्त यो सलुन अब आफ्नो सौन्दर्यको लागि नयाँ गन्तव्य बन्ने भनाई राखे ।

महाप्रबन्धक किरणबाबु पुनले आधा आधा दशक यताबाट ब्युटिसियन सम्बन्धी पेसा पनि प्लस टुको पाठ्यक्रममा समावेश भएको बताउँदै रेणुको जे एन्ड जे सलुनले आधुनिक सेवा दिने विश्वास व्यक्त गरे ।

एकै थलोमा सौन्दर्यप्रेमीहरुलाई सहज होस भनेर सलुनसँगै क्याफे पनि सञ्चालन गरेको सो सलुनका सञ्चालक ज्याक बुढाथोकीले उद्घाटन समारोहमा प्रकाश पारे ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महामन्त्री गुरुराज घिमिरेका चुनावी कमाण्डर गिरी पक्राउ